Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपालमा ६० किलो सुन भेटिएपछि भागेका चिनियाँ नागरिक भारतीय प्रहरीद्वारा पक्राउ


२८ भदाै, एजेन्सी । नेपालमा ६० किलो सुन भित्र्याउने गिरोहका प्रमुख मध्ये एक चिनियाँ नागरिक भारतीय प्रहरीको हिरासतमा रहेको पाइएको छ । नेपालमा ६० किलो सुन बरामद भएपछि भागेका ३९ वर्षीय पेङ योङसिङ भारत पुगेपछि उतै समातिएका हुन् ।

पश्चिम बङ्गालको सिलगढीको खरीबारी क्षेत्रमा भारत–नेपाल सीमा नाका हुँदै भारत छिर्न खोज्ने क्रममा बुधबार सशस्त्र सीमा बल (एसएसबी)को टोलीले उनलाई पक्राउ गरेको इन्डिया टुडेले रिपोर्ट गरेको छ। उनलाई अहिले खरिबारी प्रहरीमा बुझाइएको छ ।

सुरूमा प्रहरीले सोधपुच गर्दा उनले नेपाली नागरिकता देखाएका थिए । तर, प्रहरीलाई शंका लागेपछि थप सोधपुछ गर्दा उनको साथबाट चिनियाँ राहदानी र अन्य धेरै कागजातहरू बरामद गरिएको थियो । भारतीय प्रहरीले उनी जासुसीमा संलग्न भएको सम्भावना पैदा गरेको उल्लेख गरेको छ ।

पेङले आफ्नो सम्बद्धता र भारत छिर्नको लागि आफ्नो मनसायको बारेमा कुनै जानकारी नदिएको इन्डिया टुडेले उल्लेख गरेको छ । उनी पक्राउ परेपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी र गस्ती बढाएको छ ।

चार महिनाभन्दा कम अवधिमा नेपाल–भारत सीमामा शंकास्पद चिनियाँ नागरिक पक्राउ परेको यो दोस्रो घटना हो । यसअघि गत फेब्रुअरीमा पनि वैध कागजातबिना नेपालबाट भारत प्रवेश गर्ने क्रममा अर्का एक चिनियाँ नागरिकलाई एसएसबीले पक्राउ गरेको थियो । उनलाई उत्तर प्रदेशको लखिमपुर जिल्लाबाट पक्राउ गरिएको थियो ।

सन् २०२० को गलवान झडपपछि भारत र चीनबीचको सम्बन्ध कमजोर बन्दै गएको छ ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?