Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपालमा ६० किलो सुन भेटिएपछि भागेका चिनियाँ नागरिक भारतीय प्रहरीद्वारा पक्राउ


२८ भदाै, एजेन्सी । नेपालमा ६० किलो सुन भित्र्याउने गिरोहका प्रमुख मध्ये एक चिनियाँ नागरिक भारतीय प्रहरीको हिरासतमा रहेको पाइएको छ । नेपालमा ६० किलो सुन बरामद भएपछि भागेका ३९ वर्षीय पेङ योङसिङ भारत पुगेपछि उतै समातिएका हुन् ।

पश्चिम बङ्गालको सिलगढीको खरीबारी क्षेत्रमा भारत–नेपाल सीमा नाका हुँदै भारत छिर्न खोज्ने क्रममा बुधबार सशस्त्र सीमा बल (एसएसबी)को टोलीले उनलाई पक्राउ गरेको इन्डिया टुडेले रिपोर्ट गरेको छ। उनलाई अहिले खरिबारी प्रहरीमा बुझाइएको छ ।

सुरूमा प्रहरीले सोधपुच गर्दा उनले नेपाली नागरिकता देखाएका थिए । तर, प्रहरीलाई शंका लागेपछि थप सोधपुछ गर्दा उनको साथबाट चिनियाँ राहदानी र अन्य धेरै कागजातहरू बरामद गरिएको थियो । भारतीय प्रहरीले उनी जासुसीमा संलग्न भएको सम्भावना पैदा गरेको उल्लेख गरेको छ ।

पेङले आफ्नो सम्बद्धता र भारत छिर्नको लागि आफ्नो मनसायको बारेमा कुनै जानकारी नदिएको इन्डिया टुडेले उल्लेख गरेको छ । उनी पक्राउ परेपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी र गस्ती बढाएको छ ।

चार महिनाभन्दा कम अवधिमा नेपाल–भारत सीमामा शंकास्पद चिनियाँ नागरिक पक्राउ परेको यो दोस्रो घटना हो । यसअघि गत फेब्रुअरीमा पनि वैध कागजातबिना नेपालबाट भारत प्रवेश गर्ने क्रममा अर्का एक चिनियाँ नागरिकलाई एसएसबीले पक्राउ गरेको थियो । उनलाई उत्तर प्रदेशको लखिमपुर जिल्लाबाट पक्राउ गरिएको थियो ।

सन् २०२० को गलवान झडपपछि भारत र चीनबीचको सम्बन्ध कमजोर बन्दै गएको छ ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?