Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा


२८ भदाै, काठमाडाैँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो ।

प्रा डा शैलेन्दुप्रकाश नेपाल तथा साहित्यकार, समालोचक ज्ञानु अधिकारीले विद्यार्थी र शिक्षकमाझ उपन्यास ‘अक्कर’बारे परिचर्चा गरेका हुन् । प्रा डा नेपालले अक्कर उपन्यास सामाजिक र पारिवारिक विषय वस्तु समेटिएको उत्कृष्ट कृति भएको बताए ।

उनले भने– “उपन्यास पढ्दै गर्दा त्यसभित्र मैले आफूलाई भेटे, उपन्यासमा गाउँ÷ठाउँ र शहरबीचको यथार्थ तथा फरकपनलाई देखाइएको छ । गाउँलाई बाहिरबाट हेर्दा दुःख देखिन्छ । तर आन्तरिक रूपमा गाउँ निकै खुसी छ, शहर बाहिरबाट हेर्दा खुसी र सुखी देखिए पनि दुःखी छ ।” पुस्तक सरल र सहज भएकाले पाठकले सजिलै बुझ्ने उनको भनाइ छ ।

उपन्यासको समिक्षा गर्दै साहित्यकार तथा समालोचक अधिकारीले पुस्तक पढ्दा साहित्य र शब्दमाथि गर्व लागेको बताए । उनले भने– “प्रकृति र परिवेशको उत्कृष्ट चित्रणले उपन्यास सुन्दर बनेको छ, यो पढ्दा चलचित्र हेरेको अभास हुन्छ ।” उपन्यासमा पुरूष पात्रलाई केन्द्रमा राख्नु सकारात्मक र अन्य उपन्यासभन्दा फरक पाटो भएको अधिकारीको भनाइ छ ।

कार्यक्रममा प्रा डा गोविन्द भट्टराईले उपन्यास र त्यसका लेखक तिमिल्सिनाको खुलेर प्रशंसा गरे । उहाँले उपन्यास पठनयोग्य र उत्कृष्ट भएको उल्लेख गरे । उपन्यास परिचर्चामा सहभागीले यसमा कल्पनाभन्दा यथार्थ विषय वस्तु बढी समेटिएकाले त्यसमा निबन्धको भाव झल्किएको बताए । सो अवसरमा उपन्यासका लेखक तिमिल्सिनाले उपन्यासका कथावस्तु, परिवेश २०२८ सालतिरको भएको बताए ।

पूर्वी पहाडबाट तराईका उर्वर भू–भाग तथा सुगम सहर हुँदै व्यक्रि कसरी अवसरको खोजिमा आइपुग्छन्लगायत घटनालाई आधार बनाएर उपन्यास लेखिएको उनि बताउँछन् । पुराना र नयाँ पुस्ताका विषयवस्तु समेटिएकाले आफ्नो उपन्यास सबै वर्गका पाठकका लागि पठनीय भएको तिमिल्सिनाको भनाइ छ । सामाजिक तथा पारिवारिक विषयवस्तु समेटिएको ‘अक्कर’ तिमिल्सिनाको चौथो कृति हो । उपन्यासको मूल्य रु २५० रहेको छ । लेखक तिमिल्सिनाको यसअघि ‘पुनर्मिलन’, ‘फूल र काँडा’ र ‘अन्त्यहिन यात्रा’ उपन्यास प्रकाशित भइसकेका छन् । यसका साथै कथा लेखनमा समेत सक्रिय तिमल्सिनाका ‘बैंसको निर्वासित सहर’, ‘अनन्त आकास’ तथा ‘तीन धारा’ कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?