Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

पृथ्वीराजमार्गको दुवैतर्फ पैदलमार्ग निर्माण


तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्र्तगत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ । गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो ।

यसअघि पैदल मार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो । पैदलमार्ग निर्माण गरी बजार क्षेत्रलाई व्यवस्थित गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । विसं २०७९ माघ १५ गतेदेखि निर्माण थालेको पदमार्ग २०८० जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

बजार क्षेत्रलाई व्यवस्थित गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, बजार क्षेत्रलाई सफा तथा सडक बत्ती र सिसी क्यामेरा जडान गरी सुरक्षित बनाउने योजना छ । उक्त कार्य गाउँपालिकाले रु ६२ लाख ४० हजार लागतमा निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।


प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?