Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु


२८ ,भाद्र ,गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा हिजो दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई आफ्नो प्रहरीचौकी भागलपुरतर्फ फर्कंदै गर्दा चौदण्डी गढी–९ को ज्यामिरेमा पुग्दा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना४ख ६१८३ नम्बरको ट्रकले उनि सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा जिल्ला अस्पताल ल्याएर उपचार कार्य सुरु गर्नुअघिनै बस्नेतलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?