Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ सय किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप


२७ भदौ, कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो ।

विसं २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिइएको अस्पतालले जनाएको छ । किशोरीलाई पाठेघरको क्यान्सर लाग्न नदिनका लागि सरकारले सात प्रदेशका सात अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज  र भोलि दुई दिन खोप कार्यक्रम सञ्चालन हुने अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ एवं एफएआई कमिटीका अध्यक्ष डा रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सुरु गरिएको कार्यक्रममा गण्डकी प्रदेशका नौ सय किशोरीलाई खोप लगाइने छ ।

“अन्य खोप जस्तै यस ‘एचपिभी’ खोप पनि सामान्य र सुरक्षित छ । किशोरीलाई पाठेघरको मुखको  क्यान्सरबाट बचाउनका लागि खोप अत्यन्त प्रभावकारी छ”, डा बास्तोलाले भने, “विदेशमा यो खोप पहिलदेखि नै वितरण गरिए पनि नेपालमा अहिलेदेखि सुरुआत गरिएको हो । अबदेखि नियमित सञ्चालन हुन्छ ।”

खोपको अपर्याप्तताका कारण अहिले थोरै मात्रामा मात्र लगाइने अस्पतालले जनाएको छ । सरकारले गण्डकी प्रदेशमा नौ सय ३० मात्रा खोप पठाएको छ । खोप लगाउने क्रममा केही बिग्रन सक्ने भएकाले थोरै मात्रा जगेडामा राखिएको अस्पतालले जनाएको छ ।

बाल रोग विशेषज्ञ डा बास्तोलाले अस्पतालमा खोप कार्यक्रमका क्रममा कुनै समस्या आएमा त्यसको व्यवस्थापनका लागिसमेत तयारी गरिएको जानकारी दिए । उनका अनुसार खोपका बारेमा जानकारी दिनका लागि एकजना परामर्शदाताको व्यवस्था गरिएको छ ।

खोप लगाएपछि ३० मिनेटसम्म शान्त ठाउँमा राख्ने गरिएको डा बास्तोलाले बताए । “खोपपछिको समस्या आएमा व्यवस्थापनका लागि तयारीमा छौँ । खोप सुरक्षित छ, क्यान्सरजस्तो खतरनाक रोगबाट जोगिनका लागि खोप लगाउन सबैले किशोरीलाई हौसला दिनुपर्छ”, उनले भने । डा बास्तोलाका अनुसार अस्पतालमा तोकिएको उमेर समूहका किशोरीलाई जन्मदर्ता प्रमाणपत्रका आधारमा खोप दिइएको छ ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?