Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

घुस मागेको आरोपमा प्रहरी हवल्दारविरूद्ध मुद्दा दर्ता


२६ भदाै, काठमाडाैँ । प्रहरी प्रभाग बुढानीलकण्ठ काठमाडौँमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वरिष्ठ हवल्दार सिंहविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचना एवम् उजुरी निवेदन आयोगमा प्राप्त भएको थियो । उक्त उजुरीका आधारमा अख्तियारले प्रहरी वरिष्ठ हवल्दार सिंहलाई सेवाग्राहीबाट एक रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालले अनुसन्धानका क्रममा सिंहले बालुवा व्यवस्थापन गर्न सहजीकरण गरी दिएबापत सेवाग्राहीसँग एक लाख रुपियाँ घुस माग गरी लिएको पुष्टि भएको बताए ।

अख्तियारले सिंहलाई बिगो एक लाख रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र सोही दफा ३ को उपदफा १ को देहाय खण्ड ग बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय माग गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?