Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

घुस मागेको आरोपमा प्रहरी हवल्दारविरूद्ध मुद्दा दर्ता


२६ भदाै, काठमाडाैँ । प्रहरी प्रभाग बुढानीलकण्ठ काठमाडौँमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वरिष्ठ हवल्दार सिंहविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचना एवम् उजुरी निवेदन आयोगमा प्राप्त भएको थियो । उक्त उजुरीका आधारमा अख्तियारले प्रहरी वरिष्ठ हवल्दार सिंहलाई सेवाग्राहीबाट एक रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालले अनुसन्धानका क्रममा सिंहले बालुवा व्यवस्थापन गर्न सहजीकरण गरी दिएबापत सेवाग्राहीसँग एक लाख रुपियाँ घुस माग गरी लिएको पुष्टि भएको बताए ।

अख्तियारले सिंहलाई बिगो एक लाख रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र सोही दफा ३ को उपदफा १ को देहाय खण्ड ग बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय माग गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?