Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

म्याद थप्दा पनि सिटी हल बनेन


२६ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मङ्सिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

काम सम्पन्न हुन अझै एक वर्ष लाग्ने सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले बताउनुभयो । “फागुनसम्म काम नसकिए दोस्रो पटक म्याद थप्नुपर्ने हुन्छ”, उनले भने “भवन निर्माण गर्न आर्थिक अभाव छैन । विदेशबाट निर्माण सामग्री ल्याउनुपर्ने भएकाले बढी समय लागेको हो ।”

निर्माण आयोजनाका इन्जिनीयर सुदन खतिवडाका अनुसार हाल सिटी हल भित्रको काम भइरहेको छ । भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडिको चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण भइरहेको छ । दुई हजार व्यक्ति अट्न सक्ने क्षमताको सिटी हल निर्माणको लागत रु ८७ करोड ८९ लाख रहेको छ । सिटी हल बनाउन इन्डो–सगुन–रौताहा जेभी र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबीच २०७७ मङ्सिरमा सम्झौता भएको थियो ।

सिटी हलमा सानो र ठूलो गरी दुईवटा हल रहने छन् । सिटी हल बनेपछि भरतपुरमा ठूलासभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?