Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

म्याद थप्दा पनि सिटी हल बनेन


२६ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मङ्सिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

काम सम्पन्न हुन अझै एक वर्ष लाग्ने सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले बताउनुभयो । “फागुनसम्म काम नसकिए दोस्रो पटक म्याद थप्नुपर्ने हुन्छ”, उनले भने “भवन निर्माण गर्न आर्थिक अभाव छैन । विदेशबाट निर्माण सामग्री ल्याउनुपर्ने भएकाले बढी समय लागेको हो ।”

निर्माण आयोजनाका इन्जिनीयर सुदन खतिवडाका अनुसार हाल सिटी हल भित्रको काम भइरहेको छ । भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडिको चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण भइरहेको छ । दुई हजार व्यक्ति अट्न सक्ने क्षमताको सिटी हल निर्माणको लागत रु ८७ करोड ८९ लाख रहेको छ । सिटी हल बनाउन इन्डो–सगुन–रौताहा जेभी र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबीच २०७७ मङ्सिरमा सम्झौता भएको थियो ।

सिटी हलमा सानो र ठूलो गरी दुईवटा हल रहने छन् । सिटी हल बनेपछि भरतपुरमा ठूलासभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?