Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मकवानपुरमा बढ्दै डेङ्गु सङ्क्रमित


२६ भदाै, हेटाैँडा । हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार सय २१ पुगेको छ ।

उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म तीन सय २९ जनामा डेङ्गु फेला परेको छ ।

त्यसैगरी थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा ११, बागमती गाउँपालिकामा २०, मनहरि गाउँपालिकामा ३३, इन्द्रसरोवर गाउँपालिकामा दुई, भीमफेदी गाउँपालिकामा दस, वकैया गाउँपालिकामा १४ तथा विकट एवम् दुर्गम राक्सिरागङ गाउँपालिकामा एकजना डेङ्गु सङ्क्रमित फेला परेको छ ।

उक्त कार्यालयको विवरणअनुसार सो अवधिमा जिल्लामा एक पुरुषको डेङ्गुबाट मृत्यु भएको थियो । जिल्लामा सोमबारसम्म थप १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेकामा हेटौँडा उपमहानगरपालिकामा छ, मकवानपुरगढी गाउँपालिकामा एक, मनहरि गाउँपालिकामा दुई जनाका साथै यहाँ बस्दै आएका अन्य जिल्लाका तीन जनामा पनि सङ्क्रमण फेला परेको थियो

जिल्लामा दैनिक सरदर दसभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भइरहेका अनुमान उक्त कार्यालयले गरेको छ ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?