Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

साहित्यकार राजेन्द्र पराजुलीको निधन


२६ भदौ, काठमाडौँ। साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियका कारण आज निधन भएको छ । उनलाई गएराति छातिमा समस्या भएपछि ललितपुरको ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो ।

सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । पराजुलीको निधनपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्कँदै छन् । उनको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिने जनाइएको छ ।

आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका ‘जन्तरमन्तर’ ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’लगायतका कृति प्रकाशित छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?