Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जर्मन सांसद टोली द्वारा कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी साह सङ्ग भेटघाट


नेपाल भ्रमणमा रहेका जर्मन सांसदहरुको टोलीले कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी साहसँग भेट गरेका छन्।

सिंहदरबार स्थित मन्त्रालयको सभाहलमा जर्मन टोलीले मन्त्री साहसँग भेट गरेका हुन्।

नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्ज को अगुवाइमा आएको टोलीले जर्मन र नेपालबीचको सम्बन्धलाई कृषिका माध्यमबाट कसरी थप मजबद बनाउन सकिन्छ भन्ने विषयमा कुरा गरेका थिए।

भेटमा जर्मन टोलीले नेपालको कृषि क्षेत्रको बृहत्तर विकास र प्रवर्धनका लागि जर्मन सरकारले नेपालमा सञ्चालन गर्न चाहेको शीपविकासको कार्यक्रमबारे सरकारको धारणा जान्न चाहेका थिए।

जवाफमा मन्त्री साहले २०७२ सालको भूकम्पमा जर्मनले नेपाललाई गरेको सहयोगको सधैं स्मरण रहने भन्दै कृषि क्षेत्रको उन्नयका लागि जर्मनले गर्न चाहेको सहयोग प्रशंसा गरिन्। उनले नेपाललाई कृषिको माध्यमबाट अगाडि बढाउन आफू लागेको भन्दै उक्त लक्ष्य पूरा गर्न जर्मनको सहयोगको आवश्यकता रहने बताइन्।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?