Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

जर्मन सांसद टोली द्वारा कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी साह सङ्ग भेटघाट


नेपाल भ्रमणमा रहेका जर्मन सांसदहरुको टोलीले कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वाला कुमारी साहसँग भेट गरेका छन्।

सिंहदरबार स्थित मन्त्रालयको सभाहलमा जर्मन टोलीले मन्त्री साहसँग भेट गरेका हुन्।

नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्ज को अगुवाइमा आएको टोलीले जर्मन र नेपालबीचको सम्बन्धलाई कृषिका माध्यमबाट कसरी थप मजबद बनाउन सकिन्छ भन्ने विषयमा कुरा गरेका थिए।

भेटमा जर्मन टोलीले नेपालको कृषि क्षेत्रको बृहत्तर विकास र प्रवर्धनका लागि जर्मन सरकारले नेपालमा सञ्चालन गर्न चाहेको शीपविकासको कार्यक्रमबारे सरकारको धारणा जान्न चाहेका थिए।

जवाफमा मन्त्री साहले २०७२ सालको भूकम्पमा जर्मनले नेपाललाई गरेको सहयोगको सधैं स्मरण रहने भन्दै कृषि क्षेत्रको उन्नयका लागि जर्मनले गर्न चाहेको सहयोग प्रशंसा गरिन्। उनले नेपाललाई कृषिको माध्यमबाट अगाडि बढाउन आफू लागेको भन्दै उक्त लक्ष्य पूरा गर्न जर्मनको सहयोगको आवश्यकता रहने बताइन्।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?