Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दज्र्यानी चिन्ह प्रदान


काठमाडौंः नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ८ गते आयोजित एक समारोहका बीच दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

दज्र्यानी चिन्हबाट शुसोभित हुनुहुने बरिष्ठ अधिकृतहरुमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा हुनुहुन्छ । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्नुहँुदै बढुवासंगै बढेको पदिय जिम्मेवारीलाई अझबढि उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्नुहुँदै समाजका सवै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिनुभयो ।

उहाँले बढुवा भएका अधिकृतहरुलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिईएको बताउनुहँुदै सशस्त्र प्रहरी बल नेपालमा पहिलो व्याचको रुपमा नयाँ भर्ना भएका अधिकृतहरु पदोन्नती भएकोले यो एउटा ऐतिहासिक पदोन्नती भएको उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहेपनि त्यहाँ संगठनसंग सम्बन्धित हरेक पक्षहरुमा पथ प्रदर्शक र रोलमोडल बन्नु पर्ने उल्लेख गर्नुहुँदै संगठनले बिभिन्न पक्षहरुमा सुधारको योजनाहरु अघि सारेको र यस्ता योजनाहरु प्रभावकारी रुपमा गराउन सकल दर्जाका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो ।

उहाँले संगठनलाई सेवा, सुरक्षा, सहयोग र उद्धार जस्ता कार्यहरुको माध्यमबाट सशक्त सुरक्षा संगठनको रुपमा उभ्याउन सवैले आ–आफ्नो तह र तप्काबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुहँुदै आफ्नो पेशागत जिम्मेवारी र संगठनप्रति पूर्ण निष्ठावान भई अनुशासित र ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा अब्बल रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकश गौतम र बंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?