Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१७ पुष २०८२, बिहीबार
१७ पुष २०८२, बिहीबार

कोशी प्रदेशमा राजनीतिक स्थिरताका लागि दलबीच सहकार्य आवश्यक : उपेन्द्र यादव


२५ भदौ, विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताका आवाज दलहरुले सुन्नुपर्नेमा जोड दिए । अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली कांग्रेसको सल्लाहमा निर्माण भएकाले यसले कांग्रेसलाई नै मद्दत गर्ने दाबी गरे ।

उनले मोर्चाले कांग्रेससँग सहकार्य गरी आगाडि बढ्ने र एकअर्काको सहयोगी भएको समेत बताए । लोकतन्त्र, आर्थिक विकास, समृद्धि, सङ्घीयता र गणतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न मोर्चा र कांग्रेस एक हुन आवश्यक रहेको बताए ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?