Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

कोशी प्रदेश सरकार गठनका लागि कांग्रेसले भूमिका खेल्नुपर्छ : नेता ज्ञवाली


२४ भदाै, काठमाडाैँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा उन्ले सो कुरा बताएका हुन् । उनले पहिलादेखि नै काँग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भए पनि ठुलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाटै भएको बताए ।

प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा थप समस्या पर्ने भन्दै काँग्रेसले समाधानको बाटोमा जानुपर्ने उहाँको भनाइ छ । उहाँले प्रदेशको हित र संविधान रक्षामा काँग्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘हामीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल गरिरहेका छौँ । यसअघि संविधान मिच्ने काम भए, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ । अब पनि त्यही बाटोमा जाने हो भने या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ ।’

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझाव मागेको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको जानकारी दिए । उनले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो कि भन्ने शङ्का चिनियाँहरूले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरू माग्नुभएको छ । पछिल्लो समय जुन विश्वासको सङ्कटजस्तो देखिएको छ, नेपाल र चीन सम्बन्धमा । नेपालमा भइरहेको चिनियाँ लगानीलाई निरुत्साहित गर्न खोजेको हो कि वा अरू कुनै सेक्युरिटी अम्ब्रेलातिर नेपाल जान खोजेको हो कि भन्नेखालको छ, त्यसलाई चिर्ने काम र नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा छ भन्ने पक्षमा सन्देश दिन सक्नुपर्छ ।’

उनले उच्चस्तरीय भ्रमणको क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन आग्रह गरेको पनि बताए ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?