Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अनधिकृतरुपमा प्रयोग भएका गाडी फिर्ता गराउन सचिवालयलाई निर्देशन


२२ भदौ, सुदूरपश्चिम । अनधिकृतरुपमा प्रयोग भएका गाडी तीन दिनभित्र फिर्ता गराउन सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिले प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको छ ।

लेखा समितिको बैठकले सचिवालयका सवारी साधन मर्मतमा लागेको खर्च विवरण समेत पेश गर्न निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले जानकारी दिए ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताले कानुन विपरीत गाडी सुविधा लिइरहेको भन्ने आवाज उठेपछि बसेको लेखा समितिको बैठकले सचिवालयलाई यस्तो निर्देशन दिएको हो ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखसँगको परामर्श एवं समन्वयमा गत विगतमा झैँ दलका नेतालाई सवारी साधन उपलब्ध गराइएको बताए ।

“विगतमा पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई गाडी सुविधा दिइएको थियो,” जैशीले भने ।

गाडी लामो समयसम्म थन्क्याएर राख्दा बिग्रिने भएकाले गाडी उपलब्ध गराएको जवाफ सचिवालयले दिएपछि फिर्ता माग्न निर्देशन दिइएको समितिका ज्येष्ठ सदस्य धामीले बताए ।

“गाडीको सेवा सुविधा दिने हो भने ऐनअनुसारको अनुसूचि बनाउनु पर्‍यो, नभए ऐन सच्याउनु पर्नेभयो,” समितिका अर्का सदस्य मानबहादुर धामीले भने, “ऐन कानुन अस्पष्ट हुँदा सुविधा लिने नलिनेमा अन्योलता देखियो ।”

प्रदेशसभा सचिवालयसँग ११ सवारी साधान छन् । यीमध्ये छ सवारी साधन नियम विपरीत प्रयोग भइरहेको जनाइएको छ । प्रदेशसभामा सत्तापक्ष नेकपा (माओवादी केन्द्र)का नेता खगराज भट्ट, नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले सचिवालयका गाडी प्रयोग गरिरहेको सचिवालयका सूचना अधिकारी जैशीले बताए ।

प्रदेशसभाका विभिन्न समितिका ज्येष्ठ सदस्यले पनि गाडीको चावी लिए पनि प्रयोग गर्नुभएको छैन । प्रदेशसभाका सदस्य र पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनमा सत्तापक्षीय दलका नेता, प्रमुख सचेतक र विपक्षी दलका नेतालाई गाडी सुविधा दिने उल्लेख भए पनि ऐनको अनुसूचीमा यो उल्लेख गरिएको छैन ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?