Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अनधिकृतरुपमा प्रयोग भएका गाडी फिर्ता गराउन सचिवालयलाई निर्देशन


२२ भदौ, सुदूरपश्चिम । अनधिकृतरुपमा प्रयोग भएका गाडी तीन दिनभित्र फिर्ता गराउन सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिले प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको छ ।

लेखा समितिको बैठकले सचिवालयका सवारी साधन मर्मतमा लागेको खर्च विवरण समेत पेश गर्न निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले जानकारी दिए ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताले कानुन विपरीत गाडी सुविधा लिइरहेको भन्ने आवाज उठेपछि बसेको लेखा समितिको बैठकले सचिवालयलाई यस्तो निर्देशन दिएको हो ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखसँगको परामर्श एवं समन्वयमा गत विगतमा झैँ दलका नेतालाई सवारी साधन उपलब्ध गराइएको बताए ।

“विगतमा पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई गाडी सुविधा दिइएको थियो,” जैशीले भने ।

गाडी लामो समयसम्म थन्क्याएर राख्दा बिग्रिने भएकाले गाडी उपलब्ध गराएको जवाफ सचिवालयले दिएपछि फिर्ता माग्न निर्देशन दिइएको समितिका ज्येष्ठ सदस्य धामीले बताए ।

“गाडीको सेवा सुविधा दिने हो भने ऐनअनुसारको अनुसूचि बनाउनु पर्‍यो, नभए ऐन सच्याउनु पर्नेभयो,” समितिका अर्का सदस्य मानबहादुर धामीले भने, “ऐन कानुन अस्पष्ट हुँदा सुविधा लिने नलिनेमा अन्योलता देखियो ।”

प्रदेशसभा सचिवालयसँग ११ सवारी साधान छन् । यीमध्ये छ सवारी साधन नियम विपरीत प्रयोग भइरहेको जनाइएको छ । प्रदेशसभामा सत्तापक्ष नेकपा (माओवादी केन्द्र)का नेता खगराज भट्ट, नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले सचिवालयका गाडी प्रयोग गरिरहेको सचिवालयका सूचना अधिकारी जैशीले बताए ।

प्रदेशसभाका विभिन्न समितिका ज्येष्ठ सदस्यले पनि गाडीको चावी लिए पनि प्रयोग गर्नुभएको छैन । प्रदेशसभाका सदस्य र पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनमा सत्तापक्षीय दलका नेता, प्रमुख सचेतक र विपक्षी दलका नेतालाई गाडी सुविधा दिने उल्लेख भए पनि ऐनको अनुसूचीमा यो उल्लेख गरिएको छैन ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?