Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

हात्तीले भत्कायो जङ्गेपिल्लर


२३ भदाै, झापा । मेचीनगरस्थित वडा नं. ४ मा नेपाल–भारत सिमानाको जङ्गेपिल्लर हात्तीले भत्काइदिएको छ । आले टुङ्गदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बर जङ्गेपिल्लर हात्तीले भत्काएको हो । वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार सीमामा हात्ती नियन्त्रणका लागि खटिएको -यापिड रेस्पोन्स टिम (आरआरटी) ले पिल्लर भत्केको अवस्थामा देखेपछि वडा कार्यालयमा खबर गरेका छन् । हात्तीले जङ्गेपिल्लर पूर्ण रूपमा भत्काएर क्षति पुर्याएको छ ।

भारतबाट आउने जङ्गली हात्तीको क्षति न्यूनीकरण र हात्ती मानव द्वन्द्व व्यवस्थापनका लागि स्थानीय बासिन्दाको प्रयास र वडा कार्यालयको संयोजनमा आरआरटी बनाइएको छ । वडा कार्यालय र सशस्त्र प्रहरी बाहुनडाँगीलाई यस विषयमा आरआरटीले सूचना दिएको थियो । “जङ्गेपिल्लर मक्किएको रहेछ हात्तीले पूर्ण रूपमा भत्काइदियो,” वडाध्यक्ष कार्कीले भने, “बाहुनडाँगी नाका भएर अहिले दुई सयको समूहमा भारतीय हात्ती नेपाल प्रवेश गरेका छन् । हात्तीले दिनहुँ जसो यस क्षेत्रमा भौतिक क्षति पुर्याउँदै आएको छ ।”

नेपाली युवा र भारतीय युवा मिलेर हात्तीको निगरानी गर्दै नियमित गस्ती गर्नका लागि दुवैतर्फ आरआरटी बनाएर काम गरिरहेका छन् । हात्तीबाट हुन सक्ने जोखिम र क्षतिको विषयमा सम्बन्धित निकायमा आरआरटीले जानकारी गराउने गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले औपचारिक रूपमा जानकारी प्राप्त नभएको बताउँदै बुझेर आवश्यक प्रव्रिmया थाल्ने जानकारी दिए ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?