Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

हात्तीले भत्कायो जङ्गेपिल्लर


२३ भदाै, झापा । मेचीनगरस्थित वडा नं. ४ मा नेपाल–भारत सिमानाको जङ्गेपिल्लर हात्तीले भत्काइदिएको छ । आले टुङ्गदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बर जङ्गेपिल्लर हात्तीले भत्काएको हो । वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार सीमामा हात्ती नियन्त्रणका लागि खटिएको -यापिड रेस्पोन्स टिम (आरआरटी) ले पिल्लर भत्केको अवस्थामा देखेपछि वडा कार्यालयमा खबर गरेका छन् । हात्तीले जङ्गेपिल्लर पूर्ण रूपमा भत्काएर क्षति पुर्याएको छ ।

भारतबाट आउने जङ्गली हात्तीको क्षति न्यूनीकरण र हात्ती मानव द्वन्द्व व्यवस्थापनका लागि स्थानीय बासिन्दाको प्रयास र वडा कार्यालयको संयोजनमा आरआरटी बनाइएको छ । वडा कार्यालय र सशस्त्र प्रहरी बाहुनडाँगीलाई यस विषयमा आरआरटीले सूचना दिएको थियो । “जङ्गेपिल्लर मक्किएको रहेछ हात्तीले पूर्ण रूपमा भत्काइदियो,” वडाध्यक्ष कार्कीले भने, “बाहुनडाँगी नाका भएर अहिले दुई सयको समूहमा भारतीय हात्ती नेपाल प्रवेश गरेका छन् । हात्तीले दिनहुँ जसो यस क्षेत्रमा भौतिक क्षति पुर्याउँदै आएको छ ।”

नेपाली युवा र भारतीय युवा मिलेर हात्तीको निगरानी गर्दै नियमित गस्ती गर्नका लागि दुवैतर्फ आरआरटी बनाएर काम गरिरहेका छन् । हात्तीबाट हुन सक्ने जोखिम र क्षतिको विषयमा सम्बन्धित निकायमा आरआरटीले जानकारी गराउने गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले औपचारिक रूपमा जानकारी प्राप्त नभएको बताउँदै बुझेर आवश्यक प्रव्रिmया थाल्ने जानकारी दिए ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?