Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार


२२ भदाै, ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमाथि ढुङ्गामुढा प्रहार भएको छ । नेपाली काँग्रेससम्बद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेको प्रहरीको भनाइ छ ।

नेपाल तरुण दलका जिल्ला सभापतिसमेत रहेका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामको टोली र प्रहरीबीच बिहीबार रातिदेखि सुरु भएको झगडाले उग्ररुप लिएसँगै तरुण दल र नेविसङ्घका कार्यकर्ताले प्रहरी कार्यालयमाथि ढुङ्गामुढा गरेका छन् ।

फुङ्लिङ बजारको पुरानो बैङ्क लाइनस्थित काँग्रेसको पार्टी कार्यालयबाट नाराबाजी गर्दै गएको टोलीले प्रहरी कार्यालयमाथि ढुङ्गामुढा गरेको हो । तरुण दल र नेविसङ्घका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट प्रहरी कार्यालयको झ्याल ढोकाका सिसा फुटेका छन् भने अन्य संरचनामा पनि क्षति पुगेको छ ।

काँग्रेस कार्यकर्ताले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले आधा दर्जन बढी अश्रुग्यास र हवाई फायर गरेको जनाएको छ । प्रहरीले प्रहार गरेको अश्रुग्यास र हवाई फायरका कारण केही काँग्रेस कार्यकर्ता र सर्वसाधारण घाइते भएको आशङ्का गरिएको छ । घाइते तथा प्रहरी कार्यालयमा भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।

अहिले सदरमुकाम फुङ्लिङ अशान्त बनेको छ । प्रहरी, सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालित भएको स्थानीय प्रशासनले जनाएको छ । प्रहरीविरुद्ध आन्दोलनमा उत्रेका काँग्रेस कार्यकर्ताहरुले लाठी, मुंग्रीलगायतका घरेलु हतियारसहित चर्को नाराबाजी गरिरहेका छन् । यतिबेला बजारवासी आतङ्कित बनेका छन् भने सदरमुकाम फुङ्लिङमा तनाव कायम भएको स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?