Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार


२२ भदाै, ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमाथि ढुङ्गामुढा प्रहार भएको छ । नेपाली काँग्रेससम्बद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेको प्रहरीको भनाइ छ ।

नेपाल तरुण दलका जिल्ला सभापतिसमेत रहेका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामको टोली र प्रहरीबीच बिहीबार रातिदेखि सुरु भएको झगडाले उग्ररुप लिएसँगै तरुण दल र नेविसङ्घका कार्यकर्ताले प्रहरी कार्यालयमाथि ढुङ्गामुढा गरेका छन् ।

फुङ्लिङ बजारको पुरानो बैङ्क लाइनस्थित काँग्रेसको पार्टी कार्यालयबाट नाराबाजी गर्दै गएको टोलीले प्रहरी कार्यालयमाथि ढुङ्गामुढा गरेको हो । तरुण दल र नेविसङ्घका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट प्रहरी कार्यालयको झ्याल ढोकाका सिसा फुटेका छन् भने अन्य संरचनामा पनि क्षति पुगेको छ ।

काँग्रेस कार्यकर्ताले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले आधा दर्जन बढी अश्रुग्यास र हवाई फायर गरेको जनाएको छ । प्रहरीले प्रहार गरेको अश्रुग्यास र हवाई फायरका कारण केही काँग्रेस कार्यकर्ता र सर्वसाधारण घाइते भएको आशङ्का गरिएको छ । घाइते तथा प्रहरी कार्यालयमा भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।

अहिले सदरमुकाम फुङ्लिङ अशान्त बनेको छ । प्रहरी, सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालित भएको स्थानीय प्रशासनले जनाएको छ । प्रहरीविरुद्ध आन्दोलनमा उत्रेका काँग्रेस कार्यकर्ताहरुले लाठी, मुंग्रीलगायतका घरेलु हतियारसहित चर्को नाराबाजी गरिरहेका छन् । यतिबेला बजारवासी आतङ्कित बनेका छन् भने सदरमुकाम फुङ्लिङमा तनाव कायम भएको स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?