Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सूर्यनगर गोल्डकपको उपाधी सशस्त्र प्रहरी बलको टीमलाई


बर्दघाट ः नवलपरासी पश्चिमको सर्वाधिक राशीको सातौं सूर्यनगर गोल्डकप प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)को टिमले जितेको छ । आइतबार बर्दघाट नगरपालिकाको सूर्यनगर रंगशालामा सम्पन्न फाईनल खेलमा एपीएफले बाग्मती क्लब, सर्लाहीलाई ट्राईबेकरमा हराएको हो । निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएपछि ट्राई बेकरबाट उपाधिको छिनोफानो भएको हो । ट्राई बेकरमा एपीएफले बागमती क्बललाई ५–३ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै एपीएफले ट्रफिसहित ५ लाख नगद हात पारेको छ भने उपविजेता बाग्मतीले ३ लाख रुपैयाँ प्राप्त गरेको हो ।

समापन खेलमा पुरस्कार वितरण गर्र्दै नवलपरासी पश्चिम क्षेत्र नं. १ का संसद विनोद कुमार चौधरीले नवलपरासी पश्चिमको खेलकुद विकासका लागि आफूले सहयोग गर्ने बताए । उनले सूर्यनगर खेलमैदानमा भएका अधुरा कार्यलाई पूर्णता दिन पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा संघीय सांसद सरिता खनाल भुषालले सूर्यनगर गोल्डकपलाई थप विकास गर्न आफूले पनि सहयोग गर्ने बताइन् ।


प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?