Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

सूर्यनगर गोल्डकपको उपाधी सशस्त्र प्रहरी बलको टीमलाई


बर्दघाट ः नवलपरासी पश्चिमको सर्वाधिक राशीको सातौं सूर्यनगर गोल्डकप प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)को टिमले जितेको छ । आइतबार बर्दघाट नगरपालिकाको सूर्यनगर रंगशालामा सम्पन्न फाईनल खेलमा एपीएफले बाग्मती क्लब, सर्लाहीलाई ट्राईबेकरमा हराएको हो । निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएपछि ट्राई बेकरबाट उपाधिको छिनोफानो भएको हो । ट्राई बेकरमा एपीएफले बागमती क्बललाई ५–३ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै एपीएफले ट्रफिसहित ५ लाख नगद हात पारेको छ भने उपविजेता बाग्मतीले ३ लाख रुपैयाँ प्राप्त गरेको हो ।

समापन खेलमा पुरस्कार वितरण गर्र्दै नवलपरासी पश्चिम क्षेत्र नं. १ का संसद विनोद कुमार चौधरीले नवलपरासी पश्चिमको खेलकुद विकासका लागि आफूले सहयोग गर्ने बताए । उनले सूर्यनगर खेलमैदानमा भएका अधुरा कार्यलाई पूर्णता दिन पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा संघीय सांसद सरिता खनाल भुषालले सूर्यनगर गोल्डकपलाई थप विकास गर्न आफूले पनि सहयोग गर्ने बताइन् ।


प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?