Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

इन्द्रसरोवर तालमा डुङ्गा सञ्चालन


२१ ,भाद्र ,चितवन । भरतपुर महानगरपालिका–६ लक्ष्मीनारायण ओमकारेश्वर शिव मन्दिर इन्द्रपुरी परिसरमा रहेको इन्द्रसरोवर तालमा आजदेखि डुङ्गा सञ्चालनमा आएको छ ।

दुई वटा डुङ्गालाई विधिवत्रूपमा भरतपुर महानगर प्रमुख रेनु दाहालले शुभारम्भ गरेकि हुन् । सो अवसरमा उनले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताईन् ।

भरतपुर भ्रमण वर्ष, २०२४ सम्ममा निर्माण भइरहेका काम सम्पन्न गरी पाहुनालाई घुमाउन र बसाउन उनको आग्रह थियो ।

भरतपुर महानगर क्षेत्र देशकै पर्यटकीय गन्तव्यमध्येको एक गन्तव्य भएको भन्दै उनले धार्मिक पर्यटक प्रवर्द्धनमा यो मन्दिर परिसर महत्त्वपूर्ण हुने बताईन् ।

प्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई नदीमा बोटिङ, र्याफ्टिङ गर्न सकिने भएकाले यहाँ पर्यटकको आकर्षण रहेको बतार्रन् ।

महानगरमा आउने पर्यटकको बसाइ लम्ब्याउन इन्द्रसरोवर ताल उपयोगी हुने उनको भनाइ छ । भरतपुर भ्रमण वर्षमा यहाँको विकास देखाउनुपर्ने भन्दै उनले भनिन्, “अहिलेको मुख्य काम हरियाली प्रवर्द्धन र सरसफाइ नै हो । सबैले आफ्नो गाउँलाई हरियाली र सफा राख्ने काम आजदेखि सुरु गर्नुपर्छ ।”

प्रमुख दाहालले हरियाली प्रवर्द्धनका लागि भरतपुर महानगरपालिकाले रु चार करोडभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिईन् ।

सो अवसरमा वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण सापकोटा लगायतले बोलेका थिए ।

वडा सदस्य रुद्र अधिकारीका अनुसार मन्दिर परिसरमा गुम्बा, विश्वकर्मा मन्दिर, भीमसेन मन्दिर रहेका छन् । लक्ष्मी मन्दिर बन्दै गरेको छ ।\

सोही क्षेत्रमा एक हजार जना अट्ने सभाहलसहितको तीन तले आवासीय भवन छ । दुई बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा रहेको इन्द्रसरोबर ताल झण्डै एक बिघामा फैलिएको छ ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?