Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

दशरथचन्द राष्ट्रपति रनिङ शिल्ड रातामाटालाई


बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ । रातामाटाले नौ स्वर्ण, एक रजत र ३ कास्य प्राप्त गर्दै रु २५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो भएको निङ्लासैनी मावि देहिमाण्डौँले सात स्पर्ण, पाँच रजत र चार कास्य पदक प्राप्त गर्यो । उसले रु १५ हजार पुरस्कार पायो ।

तीन स्वर्ण, तीन रजत र दुई कास्यसहित मणिलेक मावि गुरुखोला तेस्रो भयो । गुरुखोलाले रु १० हजार पुरस्कार प्राप्त गर्यो । निङ्लासैनी खेलमैदानमा भएको प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । दशरथचन्दमा पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी, प्रदेशसभा सदस्य जानकी ऐर बम, निवर्तमान प्रदेशसभा सदस्य लीलाधर भट्ट, नगर प्रमुख पुष्करराज जोशी ‘लख्खाभाइ’, नगर उप्रमुख कौशिला चन्दलगायतको सहभागिता थियो ।


प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?