Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘कांग्रेसका प्रभावशाली नेतामाथि छानी छानी आक्रमण गर्दा तरूण दल चुप लागेर बस्दैन’


२० भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि गरिएको आक्रमणको भर्त्सना गरेको छ । तरूण दलका अध्यक्ष विद्वान गुरूङले एक विज्ञप्ती जारी गर्दै  गुन्डागर्दी शैलिमा आक्रमण हुँदा प्रहरी प्रशासन मुकदर्शक बनेको बताएका छन् ।

उनले दोष नभएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने प्रहरीले दिउसै हातहतियार सहित हिडडुल गर्ने व्यक्ति चिन्न नसकेको अवस्थामा तरूण दल अब चुप  लागेर नबस्ने बताएका छन् ।

हरेक समय नेपाली काङ्ग्रेसको प्रभावशाली नेताहरुहरुलाइ छानी छानी आक्रमण गर्ने यो मनस्थितिको विषयमा तरुण दलले नेपाल सरकारको प्रधानमन्त्री एवं नेपाल सरकार गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउने पनि उनले बताएका छन् ।

‘नेपाल तरूण दलको संयमतामाथि यदी कोही व्यक्ति, संस्था लाग्छ भने यो राष्ट्रमा आँधी बेहरीको मुचुल्का उठ्नेछ र हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार एवं गृहमन्त्रीरहेको जानकारी गराउँदछौँ ।’ विज्ञप्तीमा भनिएको छ ।

बुधबार कांग्रेसका सहमहामन्त्री यादवमाथि भृकुटिमण्डपमा खुकुरी प्रहार गरिएको थियो । अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?