Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

‘कांग्रेसका प्रभावशाली नेतामाथि छानी छानी आक्रमण गर्दा तरूण दल चुप लागेर बस्दैन’


२० भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि गरिएको आक्रमणको भर्त्सना गरेको छ । तरूण दलका अध्यक्ष विद्वान गुरूङले एक विज्ञप्ती जारी गर्दै  गुन्डागर्दी शैलिमा आक्रमण हुँदा प्रहरी प्रशासन मुकदर्शक बनेको बताएका छन् ।

उनले दोष नभएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने प्रहरीले दिउसै हातहतियार सहित हिडडुल गर्ने व्यक्ति चिन्न नसकेको अवस्थामा तरूण दल अब चुप  लागेर नबस्ने बताएका छन् ।

हरेक समय नेपाली काङ्ग्रेसको प्रभावशाली नेताहरुहरुलाइ छानी छानी आक्रमण गर्ने यो मनस्थितिको विषयमा तरुण दलले नेपाल सरकारको प्रधानमन्त्री एवं नेपाल सरकार गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउने पनि उनले बताएका छन् ।

‘नेपाल तरूण दलको संयमतामाथि यदी कोही व्यक्ति, संस्था लाग्छ भने यो राष्ट्रमा आँधी बेहरीको मुचुल्का उठ्नेछ र हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार एवं गृहमन्त्रीरहेको जानकारी गराउँदछौँ ।’ विज्ञप्तीमा भनिएको छ ।

बुधबार कांग्रेसका सहमहामन्त्री यादवमाथि भृकुटिमण्डपमा खुकुरी प्रहार गरिएको थियो । अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?