Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

तडकभडक गरे कारवाही गर्ने प्रशासनको चेतावनी तर, कुपन बाँढेर तीज मनाँउदै राजधानीका नगर !


काठमाडौं : मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौले तिजलाई भड्किलो नबनाउन निर्देशन दिँर्द विज्ञप्ति निकाल्यो । प्रशासनले विगतको तुलनामा हालैका वर्षहरुमा तिज मनाउने क्रममा अनावश्यक तडक भडक सहितका खर्चिला कार्यक्रमहरु बढ्दै गएको देखिएको भन्दै नियन्त्रण गर्न निर्देशन दियो। ‘सामाजिक व्यवहार ९सुधार० ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ आफ्नो परम्परा एवम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्नुरनगराउनु हुन हार्दिक अनुरोध छ,’सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै पर्व मनाउने सन्दर्भमा अनावश्यक तडक भडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे र गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारवाही हुने व्यहोरा सूचनाद्वारा जानकारी गराईएको छ। तर, काठमाडौंकै प्रशासनको निर्देशन अटेर गरेर बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ र चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ ले टोकन बाँढेर तीज मनाँउने कार्यक्रम राखेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता श्रेष्ठ अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरेको पाइए कानून बमोजिम कारवाही हुने बताँउछन् ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?