Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

तडकभडक गरे कारवाही गर्ने प्रशासनको चेतावनी तर, कुपन बाँढेर तीज मनाँउदै राजधानीका नगर !


काठमाडौं : मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौले तिजलाई भड्किलो नबनाउन निर्देशन दिँर्द विज्ञप्ति निकाल्यो । प्रशासनले विगतको तुलनामा हालैका वर्षहरुमा तिज मनाउने क्रममा अनावश्यक तडक भडक सहितका खर्चिला कार्यक्रमहरु बढ्दै गएको देखिएको भन्दै नियन्त्रण गर्न निर्देशन दियो। ‘सामाजिक व्यवहार ९सुधार० ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ आफ्नो परम्परा एवम् सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किलो कार्यक्रम सञ्चालन नगर्नुरनगराउनु हुन हार्दिक अनुरोध छ,’सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै पर्व मनाउने सन्दर्भमा अनावश्यक तडक भडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे र गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारवाही हुने व्यहोरा सूचनाद्वारा जानकारी गराईएको छ। तर, काठमाडौंकै प्रशासनको निर्देशन अटेर गरेर बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ र चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ ले टोकन बाँढेर तीज मनाँउने कार्यक्रम राखेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता श्रेष्ठ अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरेको पाइए कानून बमोजिम कारवाही हुने बताँउछन् ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?