Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पेटको स्क्यान गर्ने उपकरण  खरिदका लागि सचिव पोखरेलको निर्देशन


१९ भदौ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले  भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिएका छन् । क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने उक्त उपकरण र साइक्लोटोन उत्पादन गर्ने उपकरण  यसै वर्ष  खरिदका लागि प्रक्रिया अघि बढाउन उनले अस्पलालाई निर्देशन दिएका हुन् ।

उक्त अस्पतालको आज निरीक्षणपछि आयोजित परिचयात्मक तथा छलफल कार्यक्रममा सचिव पोखरेलले हाल यस अस्पतालले पूर्णता पाएको अवस्थामा पनि क्यान्सरको उपचारका लागि अति आवश्यक यी दुई  उपकरण  खरिद गर्न नसके कहिले हुने भन्ने प्रश्न गरे । उनले भने, “जसरी हुन्छ प्रक्रिया पूरा गरेर आउनुहोस् अनि खरिदका लागि पैसा लैजानुहोस् । हाम्रो खातामा हामी पैसा राख्न चाहँदैनौँ”, चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताल देशकै महत्वपूर्ण भएको चर्चा गर्दै सचिव पोखरेलले भने, “जसरी हामीले यहाँको भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा खर्च गरेका छौँ त्यसको आउटपुट देखिन्छ ।”

उक्त अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले आफ्नो क्षमताले भ्याएसम्म अस्पतालको हितमा काम गर्ने बताए ।

त्यसैगरी अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले अस्पतालले हाल पूर्णता पाएको अवस्थामा अब काम गरेर देखाउने दिन आएको बताए । अस्पतालमा आजको आवश्यकता  भनेको पेटको स्क्यान उपकरण रहेकाले  सबै मिलेर खरिदका लागि  पहल गर्न उनले आग्रह गरे । आज कैयौँ बिरामी यसको अभावमा महङ्गो पैसा तिरेर बाहिर उपचार गर्न बाध्य भएको अवस्थामा उक्त उपकरण  ल्याउन सके चितवनमात्र नभएर देशकै गौरवको विषय बन्ने अध्यक्ष न्यौपानेको  भनाइ थियो ।

त्यस अवसरमा क्यान्सर अस्पतालका विभागीय प्रमुख,महाशाखा प्रमुख र  चिनिया मेडिकल टोलीको सहभागिता थियो ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?