Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एमाले महासहिचको टोली चीनमा


१८ ,भाद्र ,काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ ।

टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य सहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान कार्यक्रममा सहभागी हुनुका साथै स्कुलको अवलोकनसमेत गरेको छ ।

कार्यक्रममा सहभागी हुँदै महासचिव पोखरेलले नेकपा एमाले जनताको बहुदलीय जनवाद (जबज) को सम्मान गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित नेपाली कम्युनिष्ट आन्दोलनको अगुवाइ गरिरहेको बताएको भ्रमण टोलीमा सहभागी एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिए ।

उनका अनुसार महासचिव पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उक्त लक्ष्य पूरा गर्दै समाजवादको आधार तयार गरिने बताएका थिए ।

कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रो सुन लिङ उले र प्रोसेसर दा सिउ लाईओईले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद सि बिचारधारा’ विषयमा प्रस्तुति गरेका थिए ।

टोलीमा एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी शाह, राम राना, टुकादेवी हमाल, सहदेव देवकोटा, रचना खड्का, नीरज आचार्य, मन्जु गुरुङ, अजयकुमार गुप्ता, मानवीर राईलगायत छन् ।


प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?