Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा


१८ ,भाद्र ,वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ ।

यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

सो केन्द्र गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ । आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पु¥याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो ।

सम्झौतापत्रमा हिमालय आँखा अस्पताल पोखराका प्राडा इलिया श्रेष्ठ र गह्रौँ प्राथमिक अस्पताल वालिङका व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणबीच आइतबार पोखरामा हस्ताक्षर भएको हो ।

सम्झौता भएको मितिले सुरुमा एक वर्ष र त्यसपछिका वर्षहरुमा सम्झौता अवधि नवीकरण गर्दै लैजाने सहमति दुई पक्षबीच भएको छ ।

गण्डकी प्रदेशका नागरिकमा आँखाको उपचारसम्बन्धी सहज पहुँच पुर्याउन सकियोस् भन्ने मुख्य उद्देश्यसहित वालिङबाट पनि मासिकरुपमा शल्यक्रिया सेवा दिने तयारी गरिएको हिमालय आँखा अस्पताल पोखराका प्राडा श्रेष्ठले बताईन् ।

“हिमालय आँखा अस्पताल पोखराबाट आँखाका विशेषज्ञ डाक्टरको टोली उपकरणसहित वालिङ गएर शल्यक्रिया सेवा दिनुहुन्छ”, उनले भनिन्, “प्रत्येक महिनाको १२ गते शल्यक्रिया गर्छौं । ”

विशेष गरी मोतियाविन्दुका बिरामीको आँखाको शल्यक्रिया गर्ने र आँखासम्बन्धी अन्य बिरामीलाई आवश्यक उपचार तथा परामर्श दिइने उनले बताईन् । एक दिनमा २०–३० जनासम्म बिरामीको आँखाको शल्यक्रिया गरिने छ ।

आँखाको शल्यक्रिया गर्नका लागि पोखरा तथा अन्य टाढाका अस्पतालमा जानुपर्ने बाध्यता हटेर गएको व्यवस्थापन समितिका अध्यक्ष खाँणले बताए । आँखाका विशेषज्ञ तथा डाक्टरको टोलीले वालिङमै आएर शल्यक्रिया सेवा दिने भएपछि टाढा जानुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ थियो ।

“शल्यक्रियाका लागि अस्पतालमा शल्यक्रिया कक्ष निर्माण गरी तयारी अवस्थामा छौँ” अध्यक्ष खाँणले भने, “मासिकरुपमा मोतियाविन्दुको शल्यक्रिया सेवा आफ्नै ठाउँमा विस्तार भएपछि यस क्षेत्रका नागरिकमा अन्धोपना न्यूनीकरणमा सहयोग पुग्ने छ ।”

दुई पक्षबीच भएको समझदारी पत्रमा मासिक मोतियाविन्दु शल्यक्रिया सेवा विस्तार गरी अन्धोपन न्यूनीकरण गर्ने, आँखा उपचारसम्बन्धी सेवा अभिवृद्धि गर्न सहकार्य गर्ने, गह्रौँ प्राथमिक अस्पतालमा शल्यक्रिया कक्ष स्थापना गरी मासिक मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान गर्ने, सेवालाई दिगो र प्रभावकारी बनाउन दुवै पक्षले आवश्यक पहल गर्ने उल्लेख छ ।

अस्पतालमा आँखाका बिरामीको चाप बढ्दै गएको छ । यहाँ दैनिक ६०–७० जना आँखाका बिरामी दैनिक परीक्षण गर्न आउने गरेका गह्रौँ प्राथमिक अस्पतालमा रहेको जिल्ला आँखा उपचार केन्द्रका प्रमुख तेज गुरुङले बताए ।

परीक्षणमा आउने बिरामीमा आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएमा वालिङमा शल्यक्रिया सेवा नभएकाले जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो ।

“यहाँ आँखाको परीक्षण गर्न आएका बिरामीमा मोतियाविन्दुको लक्षण देखिएमा हामीले नाम सङ्कलन गरी १२ गते शल्यक्रियाका लागि बोलाउँर्छौं”, उनले भने, “मासिक २५–३० जनाको हाराहारीमा यहाँ मोतियाविन्दुका बिरामीलाई शल्यक्रियाका लागि अन्यत्र पठाउँदै आएका थियौँ ।”

शल्यक्रिया सेवा अस्पतालमा सुरु हुने भएपछि यहाँका नागरिक अन्यत्र जान नपर्ने भएपछि सहज हुने भएको हो । हाल अस्पतालमा स्याङ्जासहित दक्षिण पर्वतको केही भेगका नागरिकले सेवा लिन पाउँछन् ।


प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?