Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

ल्याण्ड्फिल साइटबारे सरकार गम्भीर नभए सांसदभित्र अनसन बस्ने केसीको चेतावनी, समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


काठमाडौं । कांग्रेस सांसद् अर्जुन नरसिंह केसीले यदि पासाङ ल्हामु राजमार्ग र बन्चरेडाडा ल्याण्ड्फिल साइटको बारेमा सरकार गम्भीर नहुने हो भने आफु सांसद भवन भित्र आमरण अनसन बस्ने चेतावनी दिएका छन् । शनिवार नुवाकोट बाट प्रतिनिधित्व गर्ने सांसद र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिचको भेटमा उनले यस्तो बताएका हुन् ।

सचिवालयका अनुसार भेटमा जिल्लाका विभिन्न समस्याका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराईयो साथै नुवाकोट विकासको मेरुदण्डको रुपमा लिईएको पासाङ ल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले पिपलटार सडक खण्ड मध्यको पहिलो चरणमा तिनपिप्ले रानिपौवाको लागि मात्र बजेट निकासा भएको हुँदा यहि वर्षनै आन्तरिक स्रोत जुटाएर सो बाटोलाई पिपलटार सम्म बाटो कालोपत्र गर्न गराउन हुन प्रधानमन्त्री सङ्ग माग गरिएको थियो ।

प्रधानमन्त्रीले उक्त राजमार्गको विषयमा आफु जानकार रहेको र उक्त बाटोलाई आन्तरिक स्रोत जुटाएर भएपनि यो वर्षनै सम्पन्न गरिने विस्वास व्यक्त गरेका थिए । यसका साथै बन्चरेडाडा ल्याण्ड्फिल साईटले पारेको समस्या र त्यस भेगका नागरिकले भोग्नुपरेको समस्या र सरकारले पटक पटक यहाँका नागरिक सङ्ग गरिएको सम्झौता माथी भएको वेवास्ता प्रती ध्यानाकर्षण गराउने क्रममा प्रधानमन्त्रीबाट अबिलम्ब उक्त समस्याको बारेमा सम्वन्धित निकाय सङ्ग छलफल गरेर दीर्घकालीन समस्या समाधानको उपाय खोजिने कुरा व्यक्त गरे। जवाफमा प्रधानमन्त्रीले यस विषयमा त्यो परिस्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?