Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

ल्याण्ड्फिल साइटबारे सरकार गम्भीर नभए सांसदभित्र अनसन बस्ने केसीको चेतावनी, समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


काठमाडौं । कांग्रेस सांसद् अर्जुन नरसिंह केसीले यदि पासाङ ल्हामु राजमार्ग र बन्चरेडाडा ल्याण्ड्फिल साइटको बारेमा सरकार गम्भीर नहुने हो भने आफु सांसद भवन भित्र आमरण अनसन बस्ने चेतावनी दिएका छन् । शनिवार नुवाकोट बाट प्रतिनिधित्व गर्ने सांसद र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिचको भेटमा उनले यस्तो बताएका हुन् ।

सचिवालयका अनुसार भेटमा जिल्लाका विभिन्न समस्याका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराईयो साथै नुवाकोट विकासको मेरुदण्डको रुपमा लिईएको पासाङ ल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले पिपलटार सडक खण्ड मध्यको पहिलो चरणमा तिनपिप्ले रानिपौवाको लागि मात्र बजेट निकासा भएको हुँदा यहि वर्षनै आन्तरिक स्रोत जुटाएर सो बाटोलाई पिपलटार सम्म बाटो कालोपत्र गर्न गराउन हुन प्रधानमन्त्री सङ्ग माग गरिएको थियो ।

प्रधानमन्त्रीले उक्त राजमार्गको विषयमा आफु जानकार रहेको र उक्त बाटोलाई आन्तरिक स्रोत जुटाएर भएपनि यो वर्षनै सम्पन्न गरिने विस्वास व्यक्त गरेका थिए । यसका साथै बन्चरेडाडा ल्याण्ड्फिल साईटले पारेको समस्या र त्यस भेगका नागरिकले भोग्नुपरेको समस्या र सरकारले पटक पटक यहाँका नागरिक सङ्ग गरिएको सम्झौता माथी भएको वेवास्ता प्रती ध्यानाकर्षण गराउने क्रममा प्रधानमन्त्रीबाट अबिलम्ब उक्त समस्याको बारेमा सम्वन्धित निकाय सङ्ग छलफल गरेर दीर्घकालीन समस्या समाधानको उपाय खोजिने कुरा व्यक्त गरे। जवाफमा प्रधानमन्त्रीले यस विषयमा त्यो परिस्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?