Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

डा स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ सार्वजनिक


१४ ,भाद्र ,काठमाडौँ । डा स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ पुस्तक सार्वजनिक भएको छ ।

केशवानन्दले लेख्नुभएको पुस्तक आज पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा पञ्चकन्याबाट सार्वजनिक भएको हो ।

भविष्यका कर्णधार बालबालिकाको समुज्ज्वल जीवनका लागि शास्त्रीय आधार दिने उद्देश्यले पुस्तक तयार पारिएको केशवानन्दले बताए ।

“सनातन संस्कृति र मानवीय मूल्यको सर्वोत्कृष्ट यात्राका लागि पुस्तक तयार पारिएको हो”, उनले भने, “पुर्खाले जीवनयापनमा आवश्यक सम्पूर्ण कामलाई संस्कारसँग जोडेकाले सोही कुरा पुस्तकमा समावेश गरिएको छ ।”

एक सय १९ पृष्ठको पुस्तक भाना फाउण्डेशनले प्रकाशन गरेको हो । पुस्तकको मूल्य रू ५५५ तोकिएको छ ।

पुस्तकमा गणेशवन्दना, सरस्वतीवन्दना, शिवस्तुती, गुरुवन्दना, देवीवन्दना, विष्णस्तुति, लक्ष्मीवन्दना, सूर्यवन्दना, कृष्णस्तुति, रामवन्दना, हनुमद्वन्दनालगायत विभिन्न चाडपर्व तथा संस्कार शिक्षाका बारेमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?