Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

डा स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ सार्वजनिक


१४ ,भाद्र ,काठमाडौँ । डा स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ पुस्तक सार्वजनिक भएको छ ।

केशवानन्दले लेख्नुभएको पुस्तक आज पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा पञ्चकन्याबाट सार्वजनिक भएको हो ।

भविष्यका कर्णधार बालबालिकाको समुज्ज्वल जीवनका लागि शास्त्रीय आधार दिने उद्देश्यले पुस्तक तयार पारिएको केशवानन्दले बताए ।

“सनातन संस्कृति र मानवीय मूल्यको सर्वोत्कृष्ट यात्राका लागि पुस्तक तयार पारिएको हो”, उनले भने, “पुर्खाले जीवनयापनमा आवश्यक सम्पूर्ण कामलाई संस्कारसँग जोडेकाले सोही कुरा पुस्तकमा समावेश गरिएको छ ।”

एक सय १९ पृष्ठको पुस्तक भाना फाउण्डेशनले प्रकाशन गरेको हो । पुस्तकको मूल्य रू ५५५ तोकिएको छ ।

पुस्तकमा गणेशवन्दना, सरस्वतीवन्दना, शिवस्तुती, गुरुवन्दना, देवीवन्दना, विष्णस्तुति, लक्ष्मीवन्दना, सूर्यवन्दना, कृष्णस्तुति, रामवन्दना, हनुमद्वन्दनालगायत विभिन्न चाडपर्व तथा संस्कार शिक्षाका बारेमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?