Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

मनिलाको एक घरमा आगलागी हुँदा १५ जनाको मृत्यु


१४ ,भाद्र ,मनिला । फिलिपिन्सको कपडा कारखानाका लागि प्रयोग गरिएको एक घरमा बिहीबार आगलागी हुँदा तीन वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय अग्नि नियन्त्रक वरिष्ठ सुपरिटेन्डेन्ट अरस्तु बानागाले एक पत्रकार सम्मेलनमा मनिलास्थित दुई तले भवनमा स्थानीय समयअनुसार बिहान पाँच बजे आगलागी भएको जानकारी दिए ।

नगरप्रमुख जोय बेलमोन्टेका अनुसार आगलागीको समयमा १८ जना घरभित्र थिए ।

उक्त आगलागीमा परेका तीन जनाले भागेर ज्यान बचाएका तर बाँकीको मृत्यु भएको छ, उनले भने ।

मृत्यु हुनेमा घर र कारखानाका मालिक परेका बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरेको आगोको भिडियो फुटेजमा एउटा आवासीय क्षेत्रमा रहेको काठ र कङ्क्रिटले बनेको भवनमा आगोको ज्वाला लागेको देखिएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको बानागाले बताउनुभयो । उक्त भवनमा जुत्ता र ब्यागको व्यापारका लागि व्यवसायिक स्वीकृति दिइएको थियो तर उक्त स्थानलाई टिसर्ट बनाउन र प्रिन्ट गर्न प्रयोग गरिएको अधिकारीहरूले बताएका छन् ।

यसमा तीन जना मात्र घोषित कर्मचारी थिए । “हामीले यहाँ धेरै कानुनी उल्लङ्घनहरू देखेका छौं,” बेलमोन्टेले भने । “हाम्रो शहरमा यस प्रकारको दुःखद घटना हुनुको कारण अवैध व्यवसाय सञ्चालन र सुरक्षा विधिसहित कैयौँ कुराको उल्लङ्घन भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,” उनले भने ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?