Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ


१४ ,भाद्र ,काठमाडौँ । वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ आयोजना गरिने भएको छ ।

जिल्ला समन्वय समिति काठमाडौँले यही भदौ १६ गते शनिबार र्याफ्टिङ आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रमले वाग्मती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए ।

काठमाडौँ जिल्लाका नदी किनारा आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाको खोजी गर्ने, वाग्मती सभ्यतालाई उजागर गर्ने उद्देश्यले काठमाडौँ महानगर र १० वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौँले र्याफ्टिङ कार्यक्रम आयोजना गर्न लागेको हो ।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु हुने र्याफ्टिङ कार्यक्रमलाई नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घ र बागमती प्रदेश र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घले प्राविधिक सहयोग गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नरा)का अध्यक्ष शिव अधिकारीले वाग्मतीको सभ्यता र संस्कृतिको संरक्षण प्रवर्द्धनका साथै जल पर्यटन प्रवर्द्धनमा र्याफ्टिङले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?