Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ


१४ ,भाद्र ,काठमाडौँ । वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ आयोजना गरिने भएको छ ।

जिल्ला समन्वय समिति काठमाडौँले यही भदौ १६ गते शनिबार र्याफ्टिङ आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रमले वाग्मती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए ।

काठमाडौँ जिल्लाका नदी किनारा आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाको खोजी गर्ने, वाग्मती सभ्यतालाई उजागर गर्ने उद्देश्यले काठमाडौँ महानगर र १० वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौँले र्याफ्टिङ कार्यक्रम आयोजना गर्न लागेको हो ।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु हुने र्याफ्टिङ कार्यक्रमलाई नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घ र बागमती प्रदेश र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घले प्राविधिक सहयोग गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नरा)का अध्यक्ष शिव अधिकारीले वाग्मतीको सभ्यता र संस्कृतिको संरक्षण प्रवर्द्धनका साथै जल पर्यटन प्रवर्द्धनमा र्याफ्टिङले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?