Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यान्न


१४ भदाै, हुम्ला । काठमाडौँबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यन्न हिल्सा आइपुगेको छ । खाद्यन्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्गहुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यान्न बोकेका ४० वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि खाद्यन्न लोड भएका चालिस गाडी काठमाडौँबाट छुटेका थिए ।

खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पैदल मार्गबाट पठाएको हो । जिल्लामा खाद्यान्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल खाद्यान्न हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताए ।

खाद्यान्न अब सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उनले बताए । उक्त खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ । ती खाद्यान्न अघिल्लो आर्थिक वर्षको हो । खाद्यान्न सिमकोट पुगेलगत्तै सर्वसाधारणलाई बिक्री वितरण गरिनेछ । तिब्बती मार्ग हुँदै आउने खाद्यान्न हवाईमार्गको खाद्यान्नभन्दा ढुवानीदर सस्तो पर्नेछ ।

काठमाडौंँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको खाद्यन्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यन्न रु चार हजार आठ सय ढुवानी लाग्नेछ । जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यन्नको भाडा प्रतिक्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्विन्टल रु १५ हजार पाँच सय लिमिटेडले तिर्दै आएको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?