Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यान्न


१४ भदाै, हुम्ला । काठमाडौँबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यन्न हिल्सा आइपुगेको छ । खाद्यन्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्गहुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यान्न बोकेका ४० वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि खाद्यन्न लोड भएका चालिस गाडी काठमाडौँबाट छुटेका थिए ।

खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पैदल मार्गबाट पठाएको हो । जिल्लामा खाद्यान्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल खाद्यान्न हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताए ।

खाद्यान्न अब सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उनले बताए । उक्त खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ । ती खाद्यान्न अघिल्लो आर्थिक वर्षको हो । खाद्यान्न सिमकोट पुगेलगत्तै सर्वसाधारणलाई बिक्री वितरण गरिनेछ । तिब्बती मार्ग हुँदै आउने खाद्यान्न हवाईमार्गको खाद्यान्नभन्दा ढुवानीदर सस्तो पर्नेछ ।

काठमाडौंँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको खाद्यन्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यन्न रु चार हजार आठ सय ढुवानी लाग्नेछ । जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यन्नको भाडा प्रतिक्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्विन्टल रु १५ हजार पाँच सय लिमिटेडले तिर्दै आएको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?