Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

राष्ट्रपति कांग्रेसबाटै हुन्छ : प्रकाशमान सिंह


काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गर्नुभएकाे छ । आज नेपाल जेसिसकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेता सिंहले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले संसदकाे पहिलाे दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफुहरूकाे दाबी स्वभाविक रहेकाे बताउनुभयाे ।

` सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छाैं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,´ सिंहले भन्नुभयाे । राष्ट्रपतिकाे विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहकाे दाबीलाई अर्थपूर्ण ठानिएकाे छ । उहाँले कांग्रेसबाट काे राष्ट्रपतिकाे उम्म्दवार बन्ने भन्नेबारेमाचाहिँ केही बाेल्नुभएन ।

पुस १० काे सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबी गरिरहेका छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ । नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताउनुभयाे । उहाँले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिकाे शासन कायम हुनुपर्नेमा जाेड दिनुभयाे । कांग्रेसले व्यवस्था परिवर्तन गरेर लाेकतान्त्रिक प्रणाली स्थापित गरेकाे तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेकाे सिंहकाे भनाई थियाे ।`जादूकाे छडी त काेहीसँग छैन । अहिलेका व्यवस्थालाई संस्थागत गर्न नेपालकाे राजनीति केन्द्रीत भइरहेकाे हामीले मनन् गर्नुपर्छ,´ सिंहले भन्नुभयाे ,` आलोचना गर्नु राम्राे कुरा हाे । असन्तुष्ट हुँदै गर्दा सन्तुष्ट हुनलाई के हुनुपर्छ पनि त भन्नुपर्याे ।´ उहाँले संघिय संसदले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि बताउनुभयाे । नेपाल जेसिस काे प्रसिक्षण भेला आज र भाेलि दुई दिन सम्म काठमाडौ मा चल्ने छ भेलामा देस भर का जेसिस अभियानता हरुकाे सभागिता रहेकाेछ


प्रकाशित मिति: ५ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?