Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

राष्ट्रपति कांग्रेसबाटै हुन्छ : प्रकाशमान सिंह


काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गर्नुभएकाे छ । आज नेपाल जेसिसकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेता सिंहले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले संसदकाे पहिलाे दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफुहरूकाे दाबी स्वभाविक रहेकाे बताउनुभयाे ।

` सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छाैं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,´ सिंहले भन्नुभयाे । राष्ट्रपतिकाे विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहकाे दाबीलाई अर्थपूर्ण ठानिएकाे छ । उहाँले कांग्रेसबाट काे राष्ट्रपतिकाे उम्म्दवार बन्ने भन्नेबारेमाचाहिँ केही बाेल्नुभएन ।

पुस १० काे सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबी गरिरहेका छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ । नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताउनुभयाे । उहाँले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिकाे शासन कायम हुनुपर्नेमा जाेड दिनुभयाे । कांग्रेसले व्यवस्था परिवर्तन गरेर लाेकतान्त्रिक प्रणाली स्थापित गरेकाे तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेकाे सिंहकाे भनाई थियाे ।`जादूकाे छडी त काेहीसँग छैन । अहिलेका व्यवस्थालाई संस्थागत गर्न नेपालकाे राजनीति केन्द्रीत भइरहेकाे हामीले मनन् गर्नुपर्छ,´ सिंहले भन्नुभयाे ,` आलोचना गर्नु राम्राे कुरा हाे । असन्तुष्ट हुँदै गर्दा सन्तुष्ट हुनलाई के हुनुपर्छ पनि त भन्नुपर्याे ।´ उहाँले संघिय संसदले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि बताउनुभयाे । नेपाल जेसिस काे प्रसिक्षण भेला आज र भाेलि दुई दिन सम्म काठमाडौ मा चल्ने छ भेलामा देस भर का जेसिस अभियानता हरुकाे सभागिता रहेकाेछ


प्रकाशित मिति: ५ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?