Trending
>>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

पाकिस्तानी कप्तान आजमको नेपालविरुद्ध शतक


१३ ,भाद्र ,काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले नेपालविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।

मुल्तान रङ्गशालामा केहीबेर अघि आजमले शतक प्रहार गरेका हुन् । उनले एक सय नौ बल खेल्दै १० चौकासमेत प्रहार गरे । एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो ।

आजम आफ्नो एक सय ३ औँ एकदिवसीय खेल खेलिरहेका छन् । नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सय रन बनाइसकेका छन् ।

यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् । कप्तान आजमले हालसम्म ४९ टेष्ट प्रतियोगिता खेलिसकेका छन् ।

उनले यस क्रममा नौ शतक र २६ अद्र्धशतक प्रहार गर्दै तीन हजार सात सय ७२ रन बनाइसकेका छन् । कप्तान आजमले पाकिस्तानका लागि एक सय चार टी–२० प्रतियोगिता खेलेका छन् । उनले यस क्रममा तीन शतक तथा ३० अद्र्धशतक प्रहार गरेका छन् ।

उनले टी–२० प्रतियोगितामा हालसम्म तीन हजार चार सय ८५ रन बनाएका छन् ।

यस्तै पाकिस्तानका लागि इफ्तिखार अहमदले अद्र्धशतक प्रहार गरेका छन् । उनले ४५ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे ।

पाकिस्तानले केहीबेर अघिसम्म ४३ ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय ४२ रन बनाएको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?