Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

पाकिस्तानी कप्तान आजमको नेपालविरुद्ध शतक


१३ ,भाद्र ,काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले नेपालविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।

मुल्तान रङ्गशालामा केहीबेर अघि आजमले शतक प्रहार गरेका हुन् । उनले एक सय नौ बल खेल्दै १० चौकासमेत प्रहार गरे । एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो ।

आजम आफ्नो एक सय ३ औँ एकदिवसीय खेल खेलिरहेका छन् । नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सय रन बनाइसकेका छन् ।

यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् । कप्तान आजमले हालसम्म ४९ टेष्ट प्रतियोगिता खेलिसकेका छन् ।

उनले यस क्रममा नौ शतक र २६ अद्र्धशतक प्रहार गर्दै तीन हजार सात सय ७२ रन बनाइसकेका छन् । कप्तान आजमले पाकिस्तानका लागि एक सय चार टी–२० प्रतियोगिता खेलेका छन् । उनले यस क्रममा तीन शतक तथा ३० अद्र्धशतक प्रहार गरेका छन् ।

उनले टी–२० प्रतियोगितामा हालसम्म तीन हजार चार सय ८५ रन बनाएका छन् ।

यस्तै पाकिस्तानका लागि इफ्तिखार अहमदले अद्र्धशतक प्रहार गरेका छन् । उनले ४५ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे ।

पाकिस्तानले केहीबेर अघिसम्म ४३ ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय ४२ रन बनाएको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?