Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

डेङ्गुको सङ्क्रमणका कारण ४२ दिनकी सुत्केरीको मृत्यु


१३ ,भाद्र ,उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको छ ।

रौतामाई गाउँपालिकाका अनुसार डेङ्गु सङ्क्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर रहेकी छन् ।

सो गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सुमित्रालाई डेङ्गु सङ्क्रमण भएपछि उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा जाँच गराएर उपचार गराएको र जिल्ला अस्पताल उदयपुरले अन्यत्र रिफर गरेपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगेर उपचार भइरहेको थियो ।

उपचारका क्रममा नै सोमबार सुमित्राको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष मगरले बताए ।

मृतक सुमित्राको ४२ दिनको नानी रहेको छ भने सोमबार नै उनको शवलाई गाउँमा ल्याएर मगर संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष मगरले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्ममा जिल्लामा झण्डै एक हजारको सङ्ख्यामा डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् भने दुईको मृत्यु भएको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?