Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

डेङ्गुको सङ्क्रमणका कारण ४२ दिनकी सुत्केरीको मृत्यु


१३ ,भाद्र ,उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको छ ।

रौतामाई गाउँपालिकाका अनुसार डेङ्गु सङ्क्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर रहेकी छन् ।

सो गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सुमित्रालाई डेङ्गु सङ्क्रमण भएपछि उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा जाँच गराएर उपचार गराएको र जिल्ला अस्पताल उदयपुरले अन्यत्र रिफर गरेपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगेर उपचार भइरहेको थियो ।

उपचारका क्रममा नै सोमबार सुमित्राको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष मगरले बताए ।

मृतक सुमित्राको ४२ दिनको नानी रहेको छ भने सोमबार नै उनको शवलाई गाउँमा ल्याएर मगर संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष मगरले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्ममा जिल्लामा झण्डै एक हजारको सङ्ख्यामा डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् भने दुईको मृत्यु भएको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?