Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रधानसेनापतिद्वारा पुरस्कार र प्रशंसा निशान प्रदान


प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण÷गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गर्नुभएको छ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा बिहीबार आयोजित विशेष कार्यक्रममा उहाँले चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ गण र कोसी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ गुल्मलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रधानसेनापति शर्माले सैनिक ड्रिल प्रतियोगिता, २०७९ मा प्रथम हुने उपत्यका पृतनालाई पनि पुरस्कार प्रदान गर्नुभयो । उहाँले त्यस अवसरमा सेनाका बहालवाला रथीवृन्द सात, अधिकृत दुई सय २१, पदिक तथा अन्य दर्जा चार सय ८८ र सैनिक श्रीमती सङ्घका पदाधिकारी ११ जनालाई प्रधान सेनापति प्रशंसा निशानसमेत प्रदान गर्नुभयो । महारथी शर्माले मानार्थ उपसेनानी पदमा पदोन्नति भएका ९४ जनालाई दज्र्यानी चिह्न तथा अवकाश प्राप्त सहायकरथी डा प्रेमसिंह बस्न्यातलाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान प्रदान गर्नुभयो ।

सो अवसरमा कृषि, प्राकृतिक प्रकोप उद्धार, समाज सेवा र लघुवित्त क्षेत्रमा उत्कृष्ट उद्यमीलाई सम्मानित गरिएको थियो । सेनाले स्थापना दिवसका अवसरमा विभिन्न प्रतियोगिताका विजयी एवं प्रसंशनीय कार्य गर्नेलाई पुरस्कार प्रदान गर्दैआएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउने गरिन्छ ।


प्रकाशित मिति: ५ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?