Trending
>>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड
Logo
१० मंसिर २०८३, बिहीबार
१० मंसिर २०८३, बिहीबार

मानव अधिकारकर्मी बरालको निधन


१२ ,भाद्र ,काठमाडौँ । पोखरामा रही मानवअधिकार तथा सामाजिक न्यायका सवालमा विगत पाँच दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।

बराल सशस्त्र द्वन्द्वको समयमा पोखरामा स्थापना भएको नागरिक समाजको सञ्जालका एकजना संस्थापक तथा पूर्वसंयोजकका साथै महिलाविरुद्धको हिंसा, दाइजो विरोधी अभियान, असमानता तथा कुरीतिविरुद्धका सामाजिक पहलका साथै विभिन्न किसिमका विभेदविरुद्ध क्रियाशील थिए ।

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनका घटनाको अनुगमन, लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलन, द्वन्द्वपीडितका अधिकारका सवालमा उनले भूमिका निर्वाह गरेका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको प्रकाश मानव अधिकार पुरस्कारबाट २०६२ सालमा उनलाई इन्सेकले सम्मानित गरेको थियो ।

इन्सेकले आज विज्ञप्ति प्रकाशन गरी बरालको निधनप्रति दुःख व्यक्त गरेको छ । इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको क्षेत्रमा स्व बरालले पुर्‍याउनुभएको योगदानका कारण उनि सधैँ नेपाली समाजको स्मरणमा रहिरहने उल्लेख छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?