Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा


१२ ,भाद्र ,काठमाडौँ । यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ ।

‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिए ।

गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अङ्कल’, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारीलगायत कलाकारले दर्शकलाई हसाउने छन् ।

जेसीस, लायन्सलगायत संस्थासँगको सहकार्यमा ब्राण्डवर्थ प्रालिले उपत्यका बाहिर पनि गाईजात्रा आयोजना गर्दैछ ।

विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने भएको छ ।

कोरोना महामारीका समयमा दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेको यस प्रालिले यस पटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण गर्नेछ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?