Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

सार्वजनिक शौचालयको उपयुक्त स्थान छनौट गर्न महानगरको आग्रह


१२ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयमा सार्वजनिक शौचालयको उपयुक्त डिजाइनसहितको स्थान छनौट गर्न अनुरोध गरेको छ ।

महानगरको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख डा. शिवराज अधिकारीले महानगरको ११ औँ नगर कार्यपालिकाको २०७९ पुस १८ मा भएको निर्णय अनुसार आफ्नो वडाभित्र सुविधा सम्पन्न, आधुनिक शौचालय बनाउने अधिकार प्रयोजन भएको बताए ।

उनले यस सम्बन्धमा सहरी योजना आयोगको प्राविधिक सहयोगमा महानगरपालिका क्षेत्रमा विभिन्न चार प्रकारको ड्रइङ्ग, डिजाइन तयार गरिएको बताए ।

महानगरले सार्वजनिक शौचालय सञ्चालनका लागि सो अनुसार खरिद प्रक्रिया अगाडि बढाउन सबै वडा कार्यालयमा अनुरोध गरेको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?