Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कोशीका पूर्वप्रदेशसभा सदस्य अंसारीको निधन


१२ भदौ, मोरङ । सुनसरी क्षेत्र नं ४(२) का पूर्वप्रदेश सांसद हाजी ताहिर मियाँ अंसारीको निधन भएको छ । नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४(२) बाट कोशी प्रदेशसभामा उनि विजयी भएका थिए ।

सुनसरी क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापति र भुटाहा गाविसका अध्यक्षसमेत रहेका अंसारीको आफ्नै निवास हरिनगर गाउँपालिका–२ भुटाहामा ८० वर्षको उमेरमा निधन भएको हो ।

वगत केही वर्षदेखि मुटुको रोगबाट पीडित उनि नेपाली कांग्रेस सुनसरी दक्षिण क्षेत्र भुटाहाका एक अग्रज नेता तथा पार्टीको अभिभावक थिए । विसं २००१ मा जन्मिएका अंसारी तत्कालीन सुनसरी क्षेत्र नं ५ मा क्षेत्रीय सभापतिसमेत भएका थिए ।

उनि  नेपाली कांग्रेसबाट २०४८ र २०५१ सालको आम निर्वाचनमा तत्कालीन भुटाहा गाविसबाट दुई पटक अध्यक्षमा विजयी हुनाका साथै  नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कांग्रेसले जनाएको छ ।

अंसारीको निधनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी, सुनसरी क्षेत्र नं ४ का सभापति ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायतले शोक व्यक्त गरेका छन् । उनको निधनमा हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले बिदा दिएको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?