Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

कोशीका पूर्वप्रदेशसभा सदस्य अंसारीको निधन


१२ भदौ, मोरङ । सुनसरी क्षेत्र नं ४(२) का पूर्वप्रदेश सांसद हाजी ताहिर मियाँ अंसारीको निधन भएको छ । नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४(२) बाट कोशी प्रदेशसभामा उनि विजयी भएका थिए ।

सुनसरी क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापति र भुटाहा गाविसका अध्यक्षसमेत रहेका अंसारीको आफ्नै निवास हरिनगर गाउँपालिका–२ भुटाहामा ८० वर्षको उमेरमा निधन भएको हो ।

वगत केही वर्षदेखि मुटुको रोगबाट पीडित उनि नेपाली कांग्रेस सुनसरी दक्षिण क्षेत्र भुटाहाका एक अग्रज नेता तथा पार्टीको अभिभावक थिए । विसं २००१ मा जन्मिएका अंसारी तत्कालीन सुनसरी क्षेत्र नं ५ मा क्षेत्रीय सभापतिसमेत भएका थिए ।

उनि  नेपाली कांग्रेसबाट २०४८ र २०५१ सालको आम निर्वाचनमा तत्कालीन भुटाहा गाविसबाट दुई पटक अध्यक्षमा विजयी हुनाका साथै  नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कांग्रेसले जनाएको छ ।

अंसारीको निधनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला सभापति केदार भण्डारी, सुनसरी क्षेत्र नं ४ का सभापति ऐयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीलगायतले शोक व्यक्त गरेका छन् । उनको निधनमा हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले बिदा दिएको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?