Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

नेपालको अस्कर समितिले माग्यो चलचित्र


१२ भदाै, काठमाडाैँ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित छनोट समितिले आह्वान गरेको छ । सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो  अवार्डका लागि नेपालस्थित समितिमा यही भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने  समिति सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।

उनले भने, “प्राप्त चलचित्र हेरेपछि हामीले एउटालाई असोज १ गतेसम्म अस्करमा पठाउँछौँ । कमिटीले तयार गरेको मापदण्डमा नेपालको मौलिकता झल्किने चलचित्रलाई सिफारिस गर्ने गरिएको छ ।”

मापदण्डअनुसार तोकिएको मितिभित्र चलचित्र प्रदर्शन भएको हुनुपर्ने, केन्द्रीय चलचित्र जाँचसमितिबाट पास भएको हुनुपर्ने, चलचित्र भवनमा कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने वा मान्यताप्राप्त ओटिटीमा प्रदर्शन भएको हुनुपर्ने छ । विसं २०७९ असोज  १५ गतेदेखि विसं २०८० भदौ २९ अघिसम्म प्रदर्शन भएका चलचित्रहरू प्रतिस्पर्धामा सहभागी हुन् पाउनेछन्।

चलचित्र विकास बोर्ड सदस्य राजु केसीको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन गरिएको छ । समितिमा मञ्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना सदस्य र हृतिका भट्टराई सचिव हुन् ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?