Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरुद्वारा भेट


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरुले भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंदरबारमा भएको भेटमा आयोगहरुमा आइपरेका समस्या र चुनौतिका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरु सामाजिक विभेदहरुको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले आयोगहरुको गठन धेरै ठूलो संघर्ष र बहस पश्चात भएको उल्लेख गर्दै आवश्यक साधन स्रोत र पूर्वाधार सहित व्यवस्थित गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘समुदायलाई अधिकार सम्पन्न गराउने यी आयोगहरुको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्दछ र मात्र आयोगहरुले प्रभावकारी रुपमा काम गर्न सक्छन् ।’

आयोगका अध्यक्षहरुले मानव अधिकार सम्बन्धी आठ वटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरुको लागि सेवा, शर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रम बमोजिम भएको नदेखिएकोले निर्दिष्ट मर्यादाक्रम बमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएको छ । त्यसैगरि संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचार गरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगको समेत सहमति लिनुपर्ने व्यवस्था गर्नपर्ने उहाँहरुको धारणा थियो ।

सो भेटवार्तामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगर, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना, मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?