Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

नेपालपछि अमेरिकामा ‘बगान’


११ ,भाद्र ,काठमाडौँ । नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ ।

कलाकारसमेत रहनुभएका निर्देशक सरोज खनालले भदौको पहिलो सातादेखि सुरु भएको प्रदर्शन दशैँसम्म हुने जानकारी दिए ।

उनले भने, “विभिन्न सहर र क्यानाडामा समेत प्रदर्शन तय गरेका छौँ । नेपालमा दर्शकले दिनुभएको प्रतिक्रिया र यहाँ माग भएकाले सानोरूपमा सुरु गरेका छौँ । दर्शकको मागअनुसार सो सङ्ख्या बढ्ने छ ।”

उनिसँगै अभिनेत्री प्रमिला कार्की र गीतकार सुरेश वाग्ले प्रदर्शनीमा सहभागी भइरहेका छन् ।

चलचित्र र रङगमञ्चमा उत्तिकै लोकप्रिय नाम बनिसकेका खनालले यसै चलचित्रमार्फत निर्देशकीय यात्राको प्रारम्भ गरेका हुन् ।

यद्यपि योजना बनाएर नै निर्देशनको यात्रा प्रारम्भ नभएको उनले बताए ।

“मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्गृहीत कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा पुर्याउनु पर्छ भन्ने लाग्यो”, निर्देशक खनालले भने, “यो कथा ममार्फत नै भन्नुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थेँ ।”

आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राखे ।

सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताए ।

त्यसैले उनले एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्त्वलाई चलचित्रमा प्रस्तुत गरेका छन् ।

गीतकार वाग्लेका अनुसार चलचित्र ‘बगान’ मेफिल्ड, ग्रीन्सबोरो, कोलोराडो, टोरोन्टो (क्यानाडा), न्युयोर्क, डलास, ह्युस्टन, अस्टिन, लसएन्जलस, क्यालिफोर्निया, ह्यारिस्वर्ग, एटलान्टालगायतका सहरमा प्रदर्शन हुँदैछ ।

‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समिर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गरेका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?