Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बिरामीको मृत्युपछि अस्पतालमा प्रदर्शन


११ ,भाद्र ,सुदूरपश्चिम । किड्नीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको स्वस्तिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् ।

चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै लापर्वाही गर्ने माथि कारबाहीको मागसहित मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

किड्नीमा पत्थरीको समस्याका बिरामी कञ्चनपुरको बेलौरी नगरपालिक–१० का ५५ वर्षीय ओजनलाल चौधरीको शल्यक्रिया गर्ने क्रममा आज मृत्यु भएको थियो ।

चौधरीलाई तीन दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भई चौधरीको मृत्यु भएको भन्ने जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले बताए ।

प्रदर्शनपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?