Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कञ्चनपुरमा शिक्षक आन्दोलन : प्रशासनद्वारा छानबिन समिति गठन


११ ,भाद्र ,महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापालद्वारा छात्रामाथि भएको भनिएको यौन दुर्व्यवहारको विषयमा छानबिन गर्न कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

सोही विद्यालयका लेखापाल वीरेन्द्र जोशीले गत साउन ३१ गते विद्यालयमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपपछि घटना बल्झिएको छ ।

यहाँका सामुदायिक तथा संस्थागत सबै विद्यालय आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरेर शिक्षक आन्दोलित छन् ।

सोमबार पनि शिक्षकले लेखापाल जोशीलाई कुटपिटमा संलग्नलाई कारबाहीको मागसहित घटनाका बेला सुरक्षा निकायबाट भएको लापर्वाहीको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रर्दशन गरेका छन् ।

उता प्रशासनद्वारा गठित छानबिन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी जोशीले आइतबार नै चार सदस्यीय छानबिन समिति गठन भएर काम थालिसकेको जानकारी दिए ।

“घटना भएको दिन प्रहरीद्वारा ड्युटीका क्रममा सुरक्षा व्यवस्था चुस्तदुरुस्त थियो कि थिएन, यथार्थ बुझ्न र लेखापाल जोशीमाथि कुटपिट गर्ने नियन्त्रणमा लिए/नलिएको विषय पनि छानबिनबाट खुल्छ”, उनले भने, “यी दुई विषयमा छानबिन गरी सुझावसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीज्यूसमक्ष पेश गर्न भनिएको छ ।”

सहायक प्रमुख जिल्ला अधिकारी जोशीको संयोजकत्वमा गठित छानबिन समितिमा राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक भवन जोशी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक पूर्णप्रसाद न्यौपाने सदस्य छन् ।

शिक्षकको आन्दोलनका कारण सोमबार जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

प्रहरीको नियन्त्रणमै शिक्षक जोशीमाथि कुटपिट भएको घटनाको उच्चस्तरीय छानबिन टोली गठन गरी अनुसन्धान गर्नुपर्ने, जोशीलाई विद्यालय हाताभित्रबाट पक्राउ गरेर लैजाने प्रहरीलाई निलम्बित गरी कारबाही गर्नुपर्नेलगायतका माग शिक्षकले राखेका छन् ।

घटनाको सुरुआतमा विद्यालयमा आन्दोलन हुँदा प्रहरीले लेखापाल जोशीलाई नियन्त्रणमा लिएकै अवस्थामा उक्त भीडले विद्यालय हाताभित्रै जोशीमाथि आक्रमण गरेको थियो ।

निर्घात कुटपिटबाट घाइते लेखापाल जोशीको अहिले पनि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा प्रहरीमा जाहेरी परेयता सात जना पक्राउ गरी प्रहरीले सूक्ष्मरूपमा अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?