Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

गाइजात्राको अवसर पारेर अष्ट्रेलियामा ‘नेपग्याजम कमेडी नाइट’ हुँदै


११ भदाै, काठमाडौं । गाईजात्राको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा ‘नेपग्याजम कमेडी नाईट’ आयोजन हुने भएको छ । आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो ।

कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, बिजयजंग थापा लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

नेपाली कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यका साथ विदेशी भूमिमा रहेका नेपालीलाई मनोरञ्जन दिनसमेत कमेडी नाइटको आयोजना गर्न लागिएको आयोजक संस्था थ्री बिज इन्टरटेन्मेन्टले जनाएको छ । गाईजात्रा र बुवाको मुख हेर्ने पर्वलाई लक्षित गरेर आयोजना गर्न लागिएको कार्यक्रमको प्रमुख प्रायोजक गोर्खा ज्वेलरी रहेको छ ।

कार्यक्रमका लागि टिकटको मूल्य २२ डलर कायम गरिएको छ । विद्यार्थी लक्षित गरेर टिकटको मूल्य निर्धारण गरिएको आयोजक संस्थाका संस्थापक सन्दिप चौधरीले जानकारी दिए ।

यस्तै कार्यक्रममार्फत विदेशी भूमिमा नेपालको संस्कृतिको जगेर्नाको लक्ष्य पनि राखिएको छ । अष्ट्रेलियामा उल्लेख्य संख्यमा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

नेपग्याजम युवापुस्ताद्धारा अत्याधिक रुचाइएको कमेडी च्यानल हो । नेपग्याजमका कमेडीयन यूकेजी र त्रितालले विगतमा सगरमाथाको कालापत्थरमा पुगेर आफ्नो कमेडी कला प्रस्तुत गर्दै विश्वको अग्लो स्थानमा स्ट्याण्डअप कमेडी गरेको रेकर्ड गिनिज बुक अफ वल्डमा लेखाएका थिए ।

नेपग्याजमका कमेडीयनहरुले देश तथा विदेशमा विभिन्न अवसर पारेर आफ्ना प्रस्तुतिहरु पस्कँदै आइरहेका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?