Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

गाइजात्राको अवसर पारेर अष्ट्रेलियामा ‘नेपग्याजम कमेडी नाइट’ हुँदै


११ भदाै, काठमाडौं । गाईजात्राको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा ‘नेपग्याजम कमेडी नाईट’ आयोजन हुने भएको छ । आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो ।

कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, बिजयजंग थापा लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

नेपाली कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यका साथ विदेशी भूमिमा रहेका नेपालीलाई मनोरञ्जन दिनसमेत कमेडी नाइटको आयोजना गर्न लागिएको आयोजक संस्था थ्री बिज इन्टरटेन्मेन्टले जनाएको छ । गाईजात्रा र बुवाको मुख हेर्ने पर्वलाई लक्षित गरेर आयोजना गर्न लागिएको कार्यक्रमको प्रमुख प्रायोजक गोर्खा ज्वेलरी रहेको छ ।

कार्यक्रमका लागि टिकटको मूल्य २२ डलर कायम गरिएको छ । विद्यार्थी लक्षित गरेर टिकटको मूल्य निर्धारण गरिएको आयोजक संस्थाका संस्थापक सन्दिप चौधरीले जानकारी दिए ।

यस्तै कार्यक्रममार्फत विदेशी भूमिमा नेपालको संस्कृतिको जगेर्नाको लक्ष्य पनि राखिएको छ । अष्ट्रेलियामा उल्लेख्य संख्यमा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

नेपग्याजम युवापुस्ताद्धारा अत्याधिक रुचाइएको कमेडी च्यानल हो । नेपग्याजमका कमेडीयन यूकेजी र त्रितालले विगतमा सगरमाथाको कालापत्थरमा पुगेर आफ्नो कमेडी कला प्रस्तुत गर्दै विश्वको अग्लो स्थानमा स्ट्याण्डअप कमेडी गरेको रेकर्ड गिनिज बुक अफ वल्डमा लेखाएका थिए ।

नेपग्याजमका कमेडीयनहरुले देश तथा विदेशमा विभिन्न अवसर पारेर आफ्ना प्रस्तुतिहरु पस्कँदै आइरहेका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?