Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

फार्मबाट बङ्‍गुर लिएर यसरी फरार हुन्थे पेमा, लाखौँको ठगीपछि परे प्रहरीको फन्दामा


११ ,भाद्र ,काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौंले ‘बङ्‍गुर लिई फरार’ शीर्षक राखेर ३२ वर्षीय पेमा ध्वज लामालाई सार्वजनिक गर्‍यो।

शीर्षक जस्तै लामाको ठगी धन्दा पनि रोचक छ। विभिन्‍न फर्ममा पुगेर उनी बङ्‍गुर लिन्छन् अनि फरार हुन्छन्।

उनको यो ठगीको शैली लामो समयदेखि चलिरहेको थियो। जब उनलाई प्रहरीले पक्राउ गर्‍यो त्यसपछि खुल्यो ठगीको शैली।

‘म काभ्रे प्रहरी प्रमुख हुँदा पनि यस्तो केस आएको थियो। तर मैले त्यतिखेर खासै महत्वका साथ हेरिनँ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले भने।

तर जब उनी काठमाडौं प्रमुख भएर गत शुक्रबारबाट जिम्मेवारी सम्हाले त्यसपछि लामा पनि समातिए। लामाले काठमाडौं, ललितपुर, काभ्रे लगायतका बङ्‍गुर फार्ममा पुगेर ठगी गरेको देखिन्छ।

फार्ममा गएर लामाले धेरै सङ्ख्यामा बङ्‍गुर किन्छन्। मोलतोल गरेपछि गाडीमा राखेर पठाउँछन्। तर पैसा तिर्ने बेलामा एटीएम जाने भन्दै निस्किन्छ। त्यसपछि उनी बेपत्ता हुन्छन्।

उनले अहिलेसम्म ४४ लाख रुपैयाँको बङ्‍गुर लिएर फरार भएको उजुरी परेको छ। ५ जनाले प्रहरीमा निवेदन दिएका छन्।

‘यसमा अरु पनि ठगिएका हुन सक्ने आँकलन हाम्रो छ,’ एसएसपी खत्रीले भने।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?