Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा, दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त


१० भदाै, काठमाडाैँ । दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ ।

टेक पौरखी राईले निर्देशन गरेको ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।

‘प्रेम कथामा बनेको चलचित्र सम्पूर्ण वर्गका दर्शकका लागि तयार गरेका छौँ, यसले नेपालको सुन्दर दृश्यसँगै सामाजिक विषयलाई उठान गरेको छ’, अभिनेता बस्नेतले भने । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स, सुरेश न्यौपानेले कथा लेखन, सौरभ लामाले छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरले सङ्गीत सिर्जना गरेका छन् ।

प्रदर्शनरत अर्को चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौं) मा एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथा समेटिएको छ । महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको चलचित्रमा सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए ।

‘विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ, यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ, मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारूँ भन्ने सोचले चलचित्र तयार गरेँ, खासमा यो ‘ह्युमन कनेक्सन’ र ‘होप’ बारेको चलचित्र हो’, निर्देशक राईले भने ।

चलचित्रमा कार्म, मेनुका प्रधान, अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गरेका छन् ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?