Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा, दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त


१० भदाै, काठमाडाैँ । दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ ।

टेक पौरखी राईले निर्देशन गरेको ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।

‘प्रेम कथामा बनेको चलचित्र सम्पूर्ण वर्गका दर्शकका लागि तयार गरेका छौँ, यसले नेपालको सुन्दर दृश्यसँगै सामाजिक विषयलाई उठान गरेको छ’, अभिनेता बस्नेतले भने । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स, सुरेश न्यौपानेले कथा लेखन, सौरभ लामाले छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरले सङ्गीत सिर्जना गरेका छन् ।

प्रदर्शनरत अर्को चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौं) मा एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटनाक्रमको कथा समेटिएको छ । महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको चलचित्रमा सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए ।

‘विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ, यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ, मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारूँ भन्ने सोचले चलचित्र तयार गरेँ, खासमा यो ‘ह्युमन कनेक्सन’ र ‘होप’ बारेको चलचित्र हो’, निर्देशक राईले भने ।

चलचित्रमा कार्म, मेनुका प्रधान, अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गरेका छन् ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?