Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि सुनुवाइ, आजै पाकिस्तान जाने तयारी पनि


१० भदाै, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको जबरजस्ती करणीको मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ।

जिल्ला अदालत, काठमाडौँमा आज आइतबार सुनुवाइकाे लागि उनको मुद्दामा पेशी तोकिएको हो ।

सर्वाेच्च अदालतले ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन आदेश दिएपछि आजलाई अन्तिम सुनुवाइको पेशी तोकिएको जानकारी दिइएको छ ।

लामिछानेविरूद्ध गत कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

नेपाली क्रिकेट टोली पाकिस्तानमा एसिया कपको तयारी गरिरहँदा सन्दीप भने गएका छैनन् । उनी आजको सुनुवाइसँगै आज नै पाकिस्तान जाने तयारी भएको बताइएको छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?