Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि सुनुवाइ, आजै पाकिस्तान जाने तयारी पनि


१० भदाै, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको जबरजस्ती करणीको मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ।

जिल्ला अदालत, काठमाडौँमा आज आइतबार सुनुवाइकाे लागि उनको मुद्दामा पेशी तोकिएको हो ।

सर्वाेच्च अदालतले ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन आदेश दिएपछि आजलाई अन्तिम सुनुवाइको पेशी तोकिएको जानकारी दिइएको छ ।

लामिछानेविरूद्ध गत कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

नेपाली क्रिकेट टोली पाकिस्तानमा एसिया कपको तयारी गरिरहँदा सन्दीप भने गएका छैनन् । उनी आजको सुनुवाइसँगै आज नै पाकिस्तान जाने तयारी भएको बताइएको छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?