Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

सुन प्रकरणका कुनै सूचना र प्रमाण भए उपलब्ध गराउन सिआइबीको अनुरोध


९ भदाै, काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन प्रकरणका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए ब्यूरोमा पठाएर सहयोग गर्न अनुरोध गरेको छ ।

ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले त्यस्ता सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्षरुपमा आई उपलब्ध गराउन वा इमेलमार्फत पनि पठाउन सकिने बताउनुभयो । सूचनाले अपराध अनुसन्धानमा सहयोग गर्ने पनि उनले बताए ।

यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने पनि उनले बताए । उनका अनुसार सुनका विषयमा कसैसँग केही सूचना, तथ्य वा प्रमाण भएमा यस ब्यूरोको इमेल ठेगाना [email protected] मा पठाउन वा सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ मा जानकारी दिन सकिने उल्लेख गरिएको छ ।

विभिन्न गिरोहले अवैधरुपमा भन्सार छली ल्याएको सुन प्रकरणका सम्बन्धमा केही दिन यता विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित भएका समाचारका सम्बन्धमा ब्यूरोको ध्यानाकर्षण भएको पनि ब्यूरोले जनाएको छ ।

एक महिना अघि भन्सार छली ल्याइएको सुनको सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाइएको छ । यसभन्दा अगाडिका विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट सूक्ष्मरुपमा अनुसन्धान भइरहेको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।

“आम नागरिकको साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सो कार्यमा सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा केही दिन अघि मात्रै ब्यूरोले आफ्नो अनुसनधान सकेर सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । उक्त प्रकरणमा भोलि अदालतमा मुद्दा लैजाने तयारी छ । उक्त प्रकरणमा १८ जना हिरासतमा छन् ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?