Trending
>>   अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री >>   नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ >>   यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल >>   अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन् >>   राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष दाहाल >>   शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी >>   २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ >>   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ >>   जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा >>   पेट्रोलियम पदार्थको प्रयोग घटाऔँ, विद्युतको प्रयोग बढाऔँः सभापति देउवा
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

अन्तराष्ट्रिय पहिचान बढाउन ‘सिटी व्राण्डिङ’ गर्दै महानगर


काठमाडौँ । राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान बढाउन काठमाडौँ महानगरपालिकाले अवधारणा माग गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले सूचना जारी गर्दै अबधारणा पत्र सहित सूचीकृत हुन आउन भनेको हो । महानगरको समग्र ब्राण्डिङ सम्बन्धी काम गर्न इच्छुकले १५ दिनभित्र अवधारणा पेश गर्न सक्नेछन् ।

यसका लागि फर्म तथा संघसंस्थाले, निवेदनसहित सिटी ब्राण्डिङ अबधारणा पत्र तथा गर्न सकिने कामको प्राबिधिक प्रस्ताब, अहिलेसम्म गरेका कामको अनुभब प्रमाणपत्र तथा अन्य कागजात र संस्थाका कागजात पेश गर्नु पर्छ । संस्थाका कागजात भनेको दर्ता प्रमाणपत्र, पान/भ्याट दर्ता प्रमाण पत्र, स्थानीय तहमा व्यवसाय दर्ता भएको प्रमाण पत्र, आ. ब. २०७८/७९ को करचुक्ता प्रमाणपत्र हुन् ।

व्यक्ति वा बिज्ञले अवधारणा पेश गर्न चाहेमा नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा) अहिलेसम्म गरेका कामको अनुभब विवरण तथा प्रमाणपत्र सहित सिटी ब्राण्डिङ अबधारणा पत्र तथा गर्न सकिने काम उल्लेख भएको प्राबिधिक प्रस्ताब पेश गर्नुपर्छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?