Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अन्तराष्ट्रिय पहिचान बढाउन ‘सिटी व्राण्डिङ’ गर्दै महानगर


काठमाडौँ । राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान बढाउन काठमाडौँ महानगरपालिकाले अवधारणा माग गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले सूचना जारी गर्दै अबधारणा पत्र सहित सूचीकृत हुन आउन भनेको हो । महानगरको समग्र ब्राण्डिङ सम्बन्धी काम गर्न इच्छुकले १५ दिनभित्र अवधारणा पेश गर्न सक्नेछन् ।

यसका लागि फर्म तथा संघसंस्थाले, निवेदनसहित सिटी ब्राण्डिङ अबधारणा पत्र तथा गर्न सकिने कामको प्राबिधिक प्रस्ताब, अहिलेसम्म गरेका कामको अनुभब प्रमाणपत्र तथा अन्य कागजात र संस्थाका कागजात पेश गर्नु पर्छ । संस्थाका कागजात भनेको दर्ता प्रमाणपत्र, पान/भ्याट दर्ता प्रमाण पत्र, स्थानीय तहमा व्यवसाय दर्ता भएको प्रमाण पत्र, आ. ब. २०७८/७९ को करचुक्ता प्रमाणपत्र हुन् ।

व्यक्ति वा बिज्ञले अवधारणा पेश गर्न चाहेमा नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा) अहिलेसम्म गरेका कामको अनुभब विवरण तथा प्रमाणपत्र सहित सिटी ब्राण्डिङ अबधारणा पत्र तथा गर्न सकिने काम उल्लेख भएको प्राबिधिक प्रस्ताब पेश गर्नुपर्छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?