Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै


९ भदाै, चितवन । चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र एक हजार दुई सय १६ दर्ता भएका छन् । यस्तै चेक अनादारको मुद्दा सात सय २२, अंशसम्बन्धी मुद्दा छ सय २६, लागुऔषधसम्बन्धी एक सय ६८ मुद्दा दर्ता भएका थिए ।

कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार चार सय ३५ मुद्दा दर्ता भएका थिए । गत आवमा अदालतमा जिम्मेवारी सरी आएकासहित पाँच हजार छ सय मुद्दामध्ये ६४ दशमलव ५१ प्रतिशत मुद्दा फछ्र्योट भएको छ ।

सापकोटाका अनुसार जिम्मेवारी सरी आएका एक हजार पाँच सय ६५ मुद्दामध्ये एक हजार तीन सय ४५ मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएका तीन हजार चार सय ३५ मध्ये दुई हजार दुई सय ६८ मुद्दा फैसला भएका छन् । गत आवमा जिम्मेवारी सरी आएका मुद्दा एक हजार नौ सय ८७ रहेको उनले जानकारी दिए ।

सोही समयमा एक सय मुद्दा बालबालिका संलग्न भएका मुद्दा दर्ता भएका छन् । कार्यालयका अनुसार मेलमिलापमार्फत तीन सय १० मुद्दा मिलापत्र भएका छन् । मेलमिलापमा पठाइएका एक हजार दुई सय ६५ मुद्दामध्ये आठ सय ४७ मुद्दा फिर्ता भएका छन् भने एक सय आठ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको सापकोटाले जानकारी दिए ।

अदालतले चालु आवका लागि पाँच हजार आठ सय २३ वटा मुद्दा दर्ता हुने र तीन हजार सात सय ८७ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको छ । यस्तै निवेदनतर्फ दुई हजार दुई सय ६७ दर्ता हुने अनुमान गरिएको छ । चालु आवको साउन महिनामा एक सय ३३ दशमलव ८४ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतले साउनमा दुई सय १० मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा दुई सय ८१ मुद्दा फैसला गरेको हो ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?