Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

साहित्यकार एवम् शिक्षासेवी तुल्सी थापाको निधन


८ भदाै, मकवानपुर । मकवानपुरका अग्रज साहित्यिक स्रष्टा एवम् शिक्षासेवी तुल्सी थापाको निधन भएको छ । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उनको शुक्रबार निधन भएको हो ।

मुटु, मृगौला र फोक्सोको समस्या पीडित ७८ वर्षीय थापामा केही दिनयता निमोनिया समेत देखिएको थियो । कथा, कविता र नाटकमा कलम चलाउने थापाका पछिल्ला समयमा दाना कविता लेखेर साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाएका थिए ।

मकवानपुरका विभिन्न विद्यालयको प्रधानाध्यापक भई नेतृत्व गर्नुभएका थापा शिक्षण पेसाबाट निवृत्त भएपछि साहित्य र कलाको विकासमा लागेका थिए । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहनुभएका थापाले सिमान्तकृत समुदाय चेपाङ समुदायको विकासमा लामो समयमा काम गरेका थिए । थापाको दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’ लगायतका कृति प्रकाशित छ । थापाको जन्म मकवानपुरको भैँसेमा २००२ सालमा भएको थियो ।

प्रतिष्ठानका सदस्य कन्यैयाकृष्ण श्रेष्ठका अनुसार स्वर्गीय थापाको छोरी बेलायतबाट नेपाल आएपछि मात्र थापाको अन्तिम संस्कारका बारेमा निर्णय हुन्छ ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?