Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

साहित्यकार एवम् शिक्षासेवी तुल्सी थापाको निधन


८ भदाै, मकवानपुर । मकवानपुरका अग्रज साहित्यिक स्रष्टा एवम् शिक्षासेवी तुल्सी थापाको निधन भएको छ । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उनको शुक्रबार निधन भएको हो ।

मुटु, मृगौला र फोक्सोको समस्या पीडित ७८ वर्षीय थापामा केही दिनयता निमोनिया समेत देखिएको थियो । कथा, कविता र नाटकमा कलम चलाउने थापाका पछिल्ला समयमा दाना कविता लेखेर साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाएका थिए ।

मकवानपुरका विभिन्न विद्यालयको प्रधानाध्यापक भई नेतृत्व गर्नुभएका थापा शिक्षण पेसाबाट निवृत्त भएपछि साहित्य र कलाको विकासमा लागेका थिए । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहनुभएका थापाले सिमान्तकृत समुदाय चेपाङ समुदायको विकासमा लामो समयमा काम गरेका थिए । थापाको दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’ लगायतका कृति प्रकाशित छ । थापाको जन्म मकवानपुरको भैँसेमा २००२ सालमा भएको थियो ।

प्रतिष्ठानका सदस्य कन्यैयाकृष्ण श्रेष्ठका अनुसार स्वर्गीय थापाको छोरी बेलायतबाट नेपाल आएपछि मात्र थापाको अन्तिम संस्कारका बारेमा निर्णय हुन्छ ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?